Advertisement
Skip This
ट्रेण्डिङ

कृष्णपुर नगरपालिकाले ल्यायो १ अर्ब १ करोडको बजेट

होमपेज / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • १० असार २०८२ (४ महिना अघि)
  • १९२

कञ्चनपुर -

कृष्णपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब १ करोड ११ लाख ८२ हजार ४ सय ५१ रुपैयाँ बराबरको बजेट ल्याएको छ। मंगलबार नगर प्रमुख हेमराज ओझाको अध्यक्षतामा बसेको १७ औं नगर सभामा उपप्रमुख द्रोपती रानाले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी हुन्।

प्रस्तावित बजेट अनुसार आन्तरिक श्रोतबाट ८ करोड, संघीय सरकारको वित्तीय समानीकरण शीर्षकबाट १५ करोड ९९ लाख र प्रदेश सरकारबाट १ करोड ४९ लाख १३ हजार रुपैयाँ प्राप्त हुनेछ।

यसैगरी, संघीय राजस्व बाँडफाँडबाट १५ करोड ३० लाख ९३ हजार ४ सय ५१ रुपैयाँ र प्रदेश राजस्व बाँडफाँडबाट ४७ लाख २१ हजार रुपैयाँ प्राप्त हुनेछ। त्यस्तै, सामाजिक सुरक्षाका लागि २५ करोड, संघीय ससर्त अनुदानमार्फत २५ करोड १ लाख र प्रदेश ससर्त अनुदानबाट १ करोड ९६ लाख ५५ हजार प्राप्त हुनेछ।

यस्तै, संघीय समपूरक अनुदानबाट ८३ लाख र प्रदेशबाट २ करोड १० लाख तथा संघीय विशेष अनुदानबाट ४ करोड ५५ लाख र प्रदेश विशेष अनुदानबाट ४० लाख रुपैयाँ प्राप्त हुनेछ।

नगरपालिकाको अनुमानित आयव्याय बराबर रहेको छ। नगरपालिकाले बजेटमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारी, खानेपानी, खेलकुदलाई प्राथमिकता दिएको छ।

मेयर ओझाले आगामी आर्थिक वर्षमा शिक्षादेखि भौतिक पूर्वाधार र सामाजिक विकासतर्फ नयाँ कार्यक्रम सञ्चालन गर्ने बताए । उनका अनुसार पुर्वमन्त्री समेत रहेका लबरु राना थारुका नामबाट  उच्च शिक्षा  छात्रवृति कार्यक्रम सञ्चालन गरिनेछ ।

साथै कृष्णपुर स्वास्थ्य चौकीमा सर्पदंश उपचार केन्द्र स्थापना, २ र ५ वडामा कोल्ड स्टोर स्थापना, कृष्णपुर नगर पालिकाका स्थायी बासिन्दा ओलम्पियन दिपक विष्टलाई सद्भावना दुत बनाइएको छ।

७ नम्बर वडामा दक्षिण कोरिया सरकारको सहयोगमा प्रदेश स्तरको टेक्निकल इन्सिच्युट स्थापना गरिने, कृषि एम्बुलेन्सको ब्यवस्था गरिने, नगरपालिकामा ३ वटा रङ्शाला निर्माण गर्न ठेक्का प्रकृया अगाडि बढाइने, सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पठनपाठन, दिवा र रात्रीकालिन छात्रावास सञ्चालन, १५ शैयाको नगर अस्पतालको ठेक्का प्रक्रिया अगाडि बढाइने, दमकल खरिद, शव बहानको व्यवस्था गरिनेछ।

चालु शैक्षिक सत्र ०८२देखि नगरका जनप्रतिनिधी, कर्मचारी, सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका सन्तानलाई अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गराउने अभियान अघि सारेको कृष्णपुरले सामुदायिक विद्यालयको थप सुधारका कार्यक्रम गर्ने जनाएको छ। 

अन्तिम अध्यावधिक: १० असार २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस