चन्द्रिका चाैधरी/ बेलौरी, कञ्चनपुर –
बेलौरीकाे उग्रतारा बाल विद्यालयले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उल्लेखनीय सफलता हासिल गरेको छ।
बेलाैरी ४ शान्तिपुर स्थित क्षेत्रकै प्रख्यात शैक्षिक संस्थाका रुपमा रहेको उक्त विद्यालयबाट यस वर्ष परीक्षा दिएका २६ जना विद्यार्थीमध्ये २५ जना उत्तीर्ण भएकाे विद्यालयका प्रिन्सिपल केशव सिंह विष्टले बताए ।
रेडियो सुदूर सञ्चार संगकाे कुराकानीमा उनले भने, - यसपटक एसईईमा हाम्रो विद्यालयको उत्तीर्ण प्रतिशत ९६.१५ रहेको छ।" तसर्थ परीक्षामा उतिर्ण विद्यार्थी, अभिभावक र शिक्षक सबैलाई बधाई दिन चाहन्छु ।,
विद्यालय प्रशासनले उत्कृष्ट नतिजा ल्याउने सम्पूर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै शिक्षक, कर्मचारी, अभिभावक र विद्यार्थीहरूको समर्पण र मेहनतको प्रतिफल भएको बताएको छ।
विद्यालय व्यवस्थापन समिति र प्रिन्सिपल विष्टकाे तर्फबाट भविष्यमा अझ उत्कृष्ट नतिजा दिलाउने प्रतिबद्धता व्यक्त गरिएको छ।
सर्वाधिक GPA ३.८३ ल्याएर प्रकृति अर्याल पहिलो स्थानमा रहिन्। त्यस्तै विपना बडाल (३.७९), जेनिशा पेला (३.७६), लिजा अधिकारी (३.७२) र दिप्ती चन्द (३.७१) ले पनि उच्च अंक ल्याएर विद्यालयको गौरव बढाएका छन्।
SEE परीक्षामा सहभागी विद्यार्थीहरूको नतिजा:
SN - नाम - संकेत - नम्बर - GPA
१. प्रकृति अर्याल 7708202 3.83
२. विपना बादल 7708192 3.79
३. जेनिशा पेला 7708197 3.76
४. लिजा अधिकारी 7708200 3.72
५. दिप्ती चन्द 7708196 3.71
६. दिनिशा गौतम 7708194 3.68
७. अमिता विष्ट 7708189 3.62
८. समीक्षा विष्ट 7708208 3.56
९. अनीता चन्द 7708190 3.50
१०. सम्पदा पौडेल 7708209 3.50
११. दीक्षा पाण्डे 7708193 3.49
१२. विवेक राना 7708191 3.39
१३. दिपेश गौतम 7708195 3.35
१४. प्रयास घिमिरे 7708203 3.27
१५. रोशनी विष्ट 7708206 3.27
१६. निशान्त पाण्डे 7708201 3.26
१७. रोहन विष्ट 7708205 3.20
१८. सिशिर पाण्डे 7708210 3.11
१९. अजय कार्की 7708187 3.10
२०. अमन चौधरी 7708188 3.10
२१. कपिल लवाद 7708198 3.08
२२. स्विकृति गौतम 7708212 3.06
२३. किशोर लवाद 7708199 3.03
२४. प्रीति विष्ट 7708204 3.00
२५. सालिन चौधरी 7708207 2.75
२६. 7708211 NG
विद्यालयका अनुसार एकजना विद्यार्थीको नतिजा 'NG' अर्थात् Not Graded आएको छ। अन्य सबै विद्यार्थी विभिन्न श्रेणीमा पास भएका छन्।
विद्यालयले शिक्षाको गुणस्तर वृद्धिका लागि आगामी शैक्षिक सत्रदेखि अझै थप योजनाहरू ल्याउने तयारी गरिरहेको जनाएको छ।
स्थानीय तह, अभिभावक तथा समुदायको सहकार्यमा विद्यालयले अझ प्रभावकारी शिक्षण सिकाइ–शैक्षिक वातावरण निर्माण गर्ने विश्वास व्यक्त गरेको छ।