कञ्चनपुरको शैक्षिक दीगो विकासका योजना आवश्यकताका आधारमा छनौटमा जोड

होमपेज / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • १९ असार २०८२ (९ घण्टा अघि)
  • ६०

कञ्चनपुर -

प्रभावकारी शैक्षिक बृद्धि विकासका लागि आवश्यकताका आधारमा योजना छनौटमा जिल्लाका सरोकारवालाले  जोडदिएका छन् । कञ्चनपुरका शिक्षा क्षेत्रमा कार्यरत सरोकारवालाहरुले जिल्लाको शैक्षिक दिगो विकासका लागि योजना छनौटमै ध्यान दिनुपर्नेमा जोडदिएका हुन् । समाजिक विकास कार्यालय कञ्चनपुरले बिहीबार कृष्णपुर नगरमा ‘शैषिक विषयहरुमा स्थानीय तहका शिक्षा र समाजिक विकास शाखासंग आयोजना गरेको तेस्रो चौमासिक समन्वय गोष्ठी बैठकमा सहभागिहरुले योजनाको दीगोपना, प्रभावकारीतालाई मध्य नजर गर्दै योजना छनौट गर्नुपर्ने सुझाव दिएका छन् । उनीहरुले योजना छनौटको सम्भावना, चुनौती सहित सार्थकतालाई ध्यानमा राखेर गर्दा थप प्रभावकारी हुने बताए । 

चालु आर्थिक बर्ष ०८१÷०८२मा समाजिक  विकास कार्यालय मार्फत संचालित योजनाको कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्दै समाजिक विकास कार्यालय कञ्चनपुरका प्रमुख गोपाल दत्त जोशीले मन्त्रालयबाट आएका केही योजना कार्यान्वयनमा नीतिगत, कानुनी जटिलताले ठुलो परिमाणमा बजेट फिर्ता भएको बताए । 

‘कतिपय विद्यालय, क्याम्पस सहितमा समाजिक सघ संस्थाको जग्गाधनी प्रमाण पत्र नहुँदा आएका कार्यक्रम कार्यान्वयन हुन सकिएनन, ‘उनले भने, ‘यसरी आएको बजेट समेत जिल्लाको शैक्षिक विकासका लागि खर्च गर्न सकिएन ।’ कार्यालय प्रमुख जोशीले भौतिक सरचना निर्माणदेखिका मानविय बृद्धि विकासका कार्यक्रम संचालन गरिएको बताए ।

‘हाम्रा माननिय ज्यूहरुले छनौट गर्ने योजना कानुनी जटिलताले कार्यान्वयन गर्न सकिएन, ‘उनले भने, ‘अब भावि दिनमा कार्यक्रम संचालनमा ध्यान दिनुपर्नेदेखि समुदायको अति आवश्यकीय विषय प्राथमिकतामा राख्नुपर्ने देखियो ।’ कार्यालय प्रमुख जोशीले यस बर्षदेखि बेलौरी नगरपालिकामा मौलिक खाद्य परिवार प्रर्बद्धनका  लागि सामुदायिक विद्यालयका दिवा खाजा कार्यक्रम व्यवस्थापकीय रुपमा अघि बढाउन कार्यक्रम संचालन गरिएको बताए । जिल्लाभरी सामुदायिक विद्यालय, समुदाय, विभिन्न शैक्षिक संघ संस्थाहरुको बृद्धि विकास, मानवीय क्षमता अभिबृद्धिका  लागि योजना संचालन गरिएको बताए । भीमदत्त नगरपालिका शिक्षा शाखा प्रमुख हरिदत्त  जोशीले नेतृत्व तहले योजना छनौट गर्दा सम्बन्धीत क्षेत्रका नागरिकको आवश्यकताका आधारमा छनौट गर्नुपर्नेमा जोडदिए । उनले प्रदेश सरकारबाट संचालन हुने कार्यक्रमबाट आम नागरिक  लाभान्वित हुनुपर्ने सुझाव दिए । 

बेदकोट नगरपालिका महिला शाखा प्रमुख राधिका पन्तले आवश्यकताका आधारमा योजना छनौट गर्नुपर्ने जोडदिईन । उनले समाजिक विकासका लागि आपाङतादेखि बालबालिका, महिला क्षेत्रमा आवश्यकता अनुरुप योजना छनौट र कार्यान्वयनमा सुझाव दिईन । गत शैक्षिक सत्र ०८१मा एसईईको समेत नतिजा निराशाजनक आएकाले सुधारमा समेत जोडदिईएको छ । समाजिक विकास कार्यालय कञ्चनपुरका प्राविधिक सहायक बिमला खत्रीले संचालन गरेको कार्यक्रममा कृष्णपुर  नगर उपप्रमुख द्रोपती राना, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लक्ष्मण गिरी, जिल्लाका ९वटै पालिका शिक्षा,महिला शाखाका प्रमुख सहितका सरोकारवालाको सहभागिता रहेको थियो । 

अन्तिम अध्यावधिक: १९ असार २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस