पुनर्वासमा अजिङ्गरको टोकाइबाट एक जना घाइते

होमपेज / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २९ असार २०८२ (८ घण्टा अघि)
  • २४६

पुनर्वास, कञ्चनपुर -

कञ्चनपुरमा अजिङ्गर नियन्त्रणमा लिने क्रममा एक जना घाइते भएका छन् ।

प्रहरीका अनुसार आइतबार दिउँसो पुनर्वास नगरपालिका–६ मालिका टोलको उखुबारीमा पसेको अजिङ्गरलाई नियन्त्रणमा लिने क्रममा सोही स्थानका ४८ वर्षीय सोमराज बिक घाइते भएका हुन् । अजिङ्गरले बिकको बायाँ हातमा टोकेको छ ।

स्थानीय महादेव भुसालको जमिनमा लगाइएको उखुबारीमा पसेको ७ फिट ३१ किलोको अजिङ्गर नियन्त्रण लिन पुगेको सवडिभिजन बन कार्यालय पचकडियाको टोलीलाई सहयोग गर्दा उक्त अजिङ्गरले टोकेको थियो ।

घाइते बिकको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएको अजिङ्गरलाई भने स्थानीय नमुना महिला सामुदायिक बनमा छोडिएको छ ।

अन्तिम अध्यावधिक: २९ असार २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस