मामाको ह*त्या गरेको आरोपमा भान्जा प*क्रा*उ, गाडिएको श*व प्रहरीद्धारा उत्खनन्

होमपेज / घटना /
एयरफोन चोरी गरेको भन्दै गिरीमाथी कुटपिट
  • रेडियो सुदूर सञ्चार
  • ३ साउन २०८२ (२१ घण्टा अघि)
  • २४९

कैलाली -

कैलालीको धनगढीमा प्रहरीले गाडिएको शव उत्खनन् गरेको छ । बिहिबार धनगढी उपमहानगरपालिका-१४ फूलबारी बस्ने ३५ वर्षीय गणेश गिरीको अन्त्येष्टि गरिएको शव हत्या गरी गाडिएको सूचना पछि प्रहरीले उत्खनन् गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक  राजकुमार सिंहका अनुसार असार २८ गते राति मृतकका भान्जा १८ वर्षीय प्रदीप बोहराले मृतककै घरमा आफ्नो एयरफोन चोरी गरेको भन्दै  गिरीमाथी कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका गणेश गिरीको असार ३० गते मृत्यु भएको थियो । मृतकका परिवारले परम्पराअनुसार उनको शव खाल्डोमा गाडेर अन्त्येष्टि गरेका थिए ।

बिहीबार गिरीको भान्जाबाटै हत्या भएको खबर पुगेपछि कैलाली प्रहरीले गिरीको शव गाडिएको स्थानबाट उत्खनन् गरेको थियो । प्रहरीले घटनामा संलग्न मृतकका भन्जा प्रदीप बोहरा सहित मृतककै सहदोर भाई ३३ वर्षीय पदम गिरीले घटनामा मतियारको भूमिका खेलेको भन्दै पक्राउ गरेको छ । मृतकको शव परीक्षणपछि परिवारको जिम्मा लगाइएको छ । पक्राउ परेकाहरुमाथि अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अध्यावधिक: ३ साउन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस