ट्रेण्डिङ

सुदूरपश्चिम : विपदमा परेर एक वर्षमा ४० जनाको मृ*त्यु

होमपेज / घटना /
१९९ जना घाइते
  • रेडियो सुदूर सञ्चार
  • ११ साउन २०८२ (४ हप्ता अघि)
  • ३३०

सुदूरपश्चिम प्रदेशमा विपदका घटनामा एक वर्षमा ४० जनाले ज्यान गुमाएका छन् । 

आर्थिक वर्ष २०८१/८२ मा १९ पुरुष र २१ महिलाले विपदको घटनामा ज्यान गुमाएका हुन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालय मातहतको प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार चट्याङमा सबैभन्दा बढी ११, पहिरोमा सात, बाढीमा छ जनाले ज्यान गुमाएका छन् ।

यसै गरी जनावर आक्रमणबाट चार, आगलागीबाट तीन, हावाहुरीबाट एकलगायत अन्य घटनामा छ जनाले ज्यान गुमाएका जनाइएको छ । यस अवधिमा ८८ पुरुष र १११ महिला गरी १९९ जना घाइते भएको केन्द्रको बुलेटिनमा उल्लेख छ । २०८१ साउन १ देखि असार ३२ गतेसम्म प्रदेशमा ७९७ वटा विपदका घटना भएका थिए । घटनामा दुई हजार ३८० परिवार प्रभावित भएका छन् । 

यसै गरी १७२ घरमा आंशिक र १०७ घरमा पूर्ण क्षति भएको जनाइएको छ । विपद्का घटनाबाट १०१ गोठ र ४८२ चौपायाको क्षति भएको बुलेटिनमा उल्लेख छ । विपद्का घटनाका कारण वर्षभरिमा ३७ करोड १८ लाख रुपियाँ बराबरको क्षति भएको जनाइएको छ ।

यसैबिच प्रदेशवासीलाई मनसुनजन्य विपदबाट जोगाउन र हुन सक्ने क्षति न्यूनीकरणका लागि मन्त्रालयले प्रदेश विपद् प्रतिकार्ययोजना तयार पारेको छ । मन्त्रालयले गर्नुपर्ने सम्पूर्ण काम गरेर तयार भएको र समितिबाट पारित हुन मात्रै बाँकी रहेको सूचना अधिकारी दीपेन्द्रसिंह विष्टले बताए । उनले छिटै नै समितिमा लगेर पारित गरिने बताए । 

सुदूरपश्चिम प्रदेशमा यस वर्ष मनसुनजन्य विपद्बाट दुई लाख २७ हजार ७३० जना प्रभावित हुने प्रक्षेपण गरिएको छ । यसै गरी ४२ हजार ११२ घरधुरी प्रभावित हुने जनाइएको छ ।   

अन्तिम अध्यावधिक: ११ साउन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस