ट्रेण्डिङ

कृष्णपुर नगरपालिकाका मेयरले दिए शिक्षक विरुद्ध उजुरी

होमपेज / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • १४ साउन २०८२ (४ हप्ता अघि)
  • २५०

कञ्चनपुर -

कञ्चनपुरको कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझाले सामाजिक सञ्जालमा आफ्नो आलोचना गरेको भन्दैँ पालिकाकै शिक्षक विरुद्ध प्रहरीमा उजुरी दिएका छन् । उनले गत हप्ता कृष्णपुर नगरपालिका-८ स्थित वीणा माध्यमिक विद्यालयका शिक्षक निमित्त प्रअ त्रिलोक जोशीविरुद्ध उजुरी दिएको कञ्चनपुर प्रहरीले जनाएको छ । शिक्षक जोशीले सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर ओझा भ्रष्टाचारी भएको आरोप लगाएका थिए ।

मेयर ओझाले आफूलाई विना प्रमाण बदनाम गराउन खोजेको भन्दै कृष्णपुर नगरपालिका-८ स्थित वीणा माध्यमिक विद्यालयका शिक्षक निमित्त प्रधानाध्यापक त्रिलोक जोशी विरुद्ध जिल्ला प्रहरी कार्यालयमा साइबर अपराधमा उजुरी दिएका थिए । निमित्त प्रधानाध्यापक जोशीले मेयर ओझालाई भ्रष्टाचारी भन्दै सामाजिक सञ्जालमा लाल्छना लगाएर स्टाटस लेखेका थिए ।

त्यही स्टाटसले आफ्नो बदनाम भएको भन्दै मेयर जिल्ला प्रहरी कार्यालय पुगेका हुन् । मेयरको उजुरीपछि प्रहरीले निमित्त प्रधानाध्यापक जोशीलाई प्रहरीले मंगलबार सोधपुछका लागि बोलाएको थियो । त्यसैगरी प्रहरीले मेयर ओझालाई पनि बोलाएको थियो । मेयर ओझाले आफू धनगढी जानु पर्ने भएकाले प्रहरी कार्यालय आउन नसक्ने प्रहरीलाई जानकारी गराएका थिए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले कुराकानीको क्रममा मेयर ओझाले जोशीले स्टाटस डिलिट गरि सकेकाले सहमति गर्न सकिने जानकारी गराएको बताए । ‘उनले लेखेको कुरा डिलिट गरि सक्नु भएको छ, अब यसलाई सहमति गरी अघि बढौ भन्ने मेयर सापको कुरा रह्यो’ उनले भने,‘अब यो लगभग बुधबार टुङ्गिन्छ ।’

प्रहरी कार्यालयको मुद्दा शाखाका प्रहरी निरीक्षक र मेयर ओझाबीच फोनमा साइबर अपराधको उजुरी सम्बन्धि कुराकानी भएपछि सहमति हुने अवस्था आएको हो । मेयर ओझाले बिना प्रमाण आफूलाई बदनाम गराउन खोजेको भन्दैँ साईबर अपराधमा जिल्ला प्रहरी कार्यालयमा निवेदन दर्ता गराएका हुन् । शिक्षक ओझालाई बुधबार फेरि प्रहरी कार्यालय बोलाइएको छ । उनलाई बुधबार प्रहरी कार्यालय हाजिर हुन भनिएको छ । 

अन्तिम अध्यावधिक: १४ साउन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस