पूर्वाधार विकास कार्यालय कञ्चनपुरकाे नवनिर्मित कार्यालय भवनकाे उद्घाटन गरिएको छ ।
प्रदेश सरकारले धनगढीकाे शहरी विकास तथा भवन निर्माण कार्यालयमार्फत निर्माण गरेकाे भवनकाे शुक्रबार भाैतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पालले उद्घाटन गरेका हुन् ।
धनगढीकाे बैजनाथ पविता जेभीले ठेक्का पाएर पूर्वाधार विकास कार्यालयकाे भवन निर्माण गरेको थियोे ।
कुल चार कराेड ९६ लाख ३८ हजार लागत रहेकाे भवन उक्त जेभीले चार कराेड ३७ लाखमा निर्माण गर्ने गरी ठेक्का पाएकाे थियोे ।
८ मंसिर २०७९ मा ठेक्का पाएकाे जेभीलाई २०८२ बैशाख ३० सम्म कार्य सम्पन्न गर्नुपर्ने कार्यादेश दिइएको थियोे ।
भवन निर्धारित समयमै सम्पन्न गरेर पूर्वाधार कार्यालयलाई हस्तान्तरण गरिएको थियो ।
मन्त्री पालले शुक्रबार नै धनगढीकाे भूमिगत जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालय र पथरैया सिंचाइ व्यवस्थापन कार्यालयकाे नवनिर्मित भवनकाे समेत उद्घाटन गरेका थिए ।
नवनिर्मित भवनले सम्बन्धित कार्यालयलाई सेवा प्रवाह सहयाेग पुग्ने अपेक्षा गरिएको छ ।