ट्रेण्डिङ

कञ्चनपुरका उखु किसान आन्दोलित

होमपेज / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • १९ साउन २०८२ (३ हप्ता अघि)
  • ३०४

कञ्चनपुर -

सरकारले चालु आर्थिक वर्षदेखि उखु अनुदानमा दिदै आएको रकम कटौती गरेपछि कञ्चनपुरका किसान आन्दोलित भएका छन् । कृषि प्रवर्द्धनका लागि सरकारले उखुमा दिदै आएको अनुदान रकम कटौती गरेपछि  उखु उत्पादक किसान आन्दोलित भएका हुन् । 

नगदे बालीको रुपमा रहेको उखुमा दिदै आएको अनुदान प्रभावकारी भए पनि सरकारले अनुदान कटौती गरेपछि उनीहरु आन्दोलित भएका हुन् । उखु उत्पादक किसान हकहित संरक्षण समितिले जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत सिधै प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र पठाएका छन् । उखु उत्पादक किसान हकहित संरक्षण समितिका कोषाध्यक्ष चेतन कुमार राईले उखु किसानमाथि अन्याय भएको भन्दै प्रशासन मार्फत ज्ञापन पत्र पठाएको बताए ।

कोषाध्यक्ष राईका अनुसार अन्य कृषि तर्फको अनुदान चरम दुरुपयोग भएपनि उखु उत्पादनकै आधारमा मात्रै सरकारले प्रति क्विन्टल ७०रुपैया दिने भएकाले सो कटौती गरेपछि किसान आन्दोलनमा उत्रिएको बताए । उनले गत आर्थिक वर्ष ०८१÷०८२मा १अर्ब ६०करोड रुपैया समेत भुक्तानी नगरेको र ०८२÷०८३कोे बजेट मार्फतै अनुदान कटौतीले किसान निरास भएको बताए ।

आर्थिक वर्ष ०७१÷०७२देखि उखुको मूल्य निर्धारण गर्दा नेपाल सरकार, चिनी उद्योग र किसानविच मूल्य निर्धारण गर्दा चिनीमा अन्तशुल्क हटाई मूल्य अभिवृद्धि कर लगाउने र मूल्य अभिबृद्धि कर लगाए मार्फत मूल्य अभिबृद्धि कर दाखिलाको ७० प्रतिशतले हुन आउने रकम उखुको मूल्यमा समावेश  गर्दै उखु भुक्तानी गर्दा उद्योगले दिने सो बाफतको रकम मूल्य अभिबृद्धि दाखिला गर्दा उद्योगलाई छुट दिने चलन आर्थिक वर्ष ०७५÷०७६पछि सरकारले सो हटाएर अनुदानमा परिणत गरेपछि अहिले हटाउन थालेपछि किसान निरुत्साहित भएको बताए ।

कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीलाई ज्ञापन  पत्र बुझाउँदै उखु उत्पादक किसान हकहित तथा संरक्षण मितिका अध्यक्ष हरी चन्द(ठकुरी)ले अनुदान कटौती गरेर किसानलाई विदेशिन बाध्य पार्ने व्यवस्था हटाई गत विगतको जस्तो अनुदान निरन्तरतामा  ध्यानाकर्षण गराएका छन् ।अनुदान निरन्तरताका साथै गत  वर्षको भुक्तानी, चालु वर्षको मूल्य निर्धारण गर्न समेत माग अघि सारेका छन । माग  पूरा नगरेर चिनी उद्योग अगाडी बिरोध प्रर्दशन, साउन महिनाभित्रै माग पुरा नगरे आगामी भदौँ दोस्रो साता ८देखि काठमाण्डौँ केन्द्रीत आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

अन्य कृषि तर्फ कामै नगरेर राज्यको करोडोँ रकम मुल्याउने प्रचलन भएपनि काँग्रेस, एमाले नेतृत्वको सरकारले किसानको प्रर्बद्धनको साटो अनुदान कटौती गरेर निरुत्साहित पार्ने काम गरेको आर्थिक क्षेत्रका  किसान नेताहरुको भनाई छ । अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी)का केन्द्रीय  सदस्य  तथा कञ्चनपुर इन्चार्ज दशरथ भण्डारीले अहिलेको सरकारले किसान प्रवर्द्धन भन्दा पनि विचौलियाको सेवामा केन्द्रीत हुँदा किसानमाथि अन्याय भएको बताए । उनले किसानलाई यस अघिको सरकारले दिदै आएको सेवा सुविधाले मात्रै नभई प्रवर्द्धनका लागि थप्नुपर्नेमा सुझाव दिएका छन् । कञ्चनपुरमा झण्डै १० हजार उखु किसान छन् । 

अन्तिम अध्यावधिक: १९ साउन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस