Advertisement
Skip This
ट्रेण्डिङ

कञ्चनपुर : बेलौरीमा ऐलानी जमिनकाे नापजाँच शुरु

होमपेज / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २० साउन २०८२ (२ महिना अघि)
  • १०३२

बेलाैरी, कञ्चनपुर - 

कञ्चनपुरको बेलौरी नगरपालिकामा ऐलानी जमिनकाे नापजाँच गरिएको छ । बेलौरी नगरपालिका दुई वडामा एकसाथ ऐलानी जमिन नापजाँच शुरु गरिएको हो ।

बेलौरीका मेयर पोतीलाल चौधरीले रामनगरमा नापजाँच कार्यकाे उद्घाटन गर्दै मंगलबार देखि ५ र ३ नम्बर वडाको ऐलानी जमिनकाे नापी शुरु गरिएको बताए । 

मेयर चौधरीले बषौँदेखि जमिनको स्वामित्व नभएका किसानलाई लालपुर्जा दिलाईने जनाएका छन् । ‘जनतालाई जमिनको मालिक बनाउने काम शुरु भएको छ, ‘उनले भने, ‘अहिले दुई वडाबाट शुरुवात गरिएको नापजाँच बाँकी वडाहरुमा समेत क्रमिक रुपमा गछौँ ।’ 

भूमि समस्या समाधान आयोग कञ्चनपुरका सदस्य दिल बहादुर देउवाले आयोग मार्फत बेलौरीका दुई वडाहरुमा शुरुवात गरिएको नापजाँच अन्य पालिकाहरुमा समेत भईरहेको जनाएका छन् । सदस्य देउवाले छुटफुटलाई समेत समावेस  गरिने बताए । 
बेलौरी नगरका उपमेयर जोगराज चौधरीका अनुसार बेलाैरीमा नापजाँच शुरु गरिएसंगै जनतामा आशा पलाएको छ । भूमि समस्या समाधान आयोग कञ्चनपुरका सदस्य सचिव दिवैराज भट्टले लालपुर्जाको कामकाज निरन्तर अघि बढने बढाउनुपर्ने बताए । 

भूमि समस्या समाधान आयोग कञ्चनपुरका अध्यक्ष नेत्र प्रकाश पन्तले जिल्लाभरी नापजाँच शुरुवात गरिएको जानकारी दिएका छन् । अध्यक्ष पन्तले यस अघि केही वडा, पालिकाहरुमा लालपुर्जा वितरण गरिएको बताए ।

बेलौरीमा साढे पाँच हजार भन्दा बढी झण्डै ५  हजार ५ सय ३१ किसानले फारम भरेका थिए । बेलौरी नगरमा नापजाँच शुरु भएपछि भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासी उत्साहित भएका छन् ।

अन्तिम अध्यावधिक: २० साउन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस