ट्रेण्डिङ

कञ्चनपुरबाट दुई जना फरार प्रतिवादी प*क्रा*उ

होमपेज / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २१ साउन २०८२ (३ हप्ता अघि)
  • १६१

बेलौरी, कञ्चनपुर - 

कञ्चनपुरमा बहुविवाह र सवारी ज्यान मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन् ।

बहुविवाह मुद्दामा १ वर्ष ६ महिना कैद सजाय तोकिएका बेलौरी नगरपालिका–२ बस्ने ४७ वर्षीय मानबहादुर चौधरी र सवारी ज्यान मुद्दामा ६ महिना कैद सजाय र २ हजार जरिवाना तोकिएको दोधारा चाँदनी नगरपालिका–१० बस्ने २० वर्षीय जय सिंह बुढामगर पक्राउ परेका हुन ।

कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका दुवै जनालाई मंगलवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । दुवै जनालाई कैद र जरिवाना भुक्तानीका लागि जिल्ला अदालत कञ्चनपुरमा पेस गरिएको छ ।

अन्तिम अध्यावधिक: २१ साउन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस