ट्रेण्डिङ

इजरायल जाँदै विपिनका आमा र बहिनी

होमपेज / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २३ साउन २०८२ (२ हप्ता अघि)
  • ३७७

प्यालेस्टाइनी लडाकु समूह हमासको अपहरणमा परेका कञ्चनपुरका विपिन जोशीकी आमा र बहिनी इजरायल जाने भएका छन् ।

हमासले इजरायलको किबुजबाट सन् २०२३ अक्टोबर ७ मा अपहरण गरेका जोशीको रिहाइका लागि अन्तर्राष्ट्रियस्तरमा दबाब दिन आमा पदमा  जोशी र बहिनी पुष्पा जोशीलाई इजरायलले आफ्नो देश लैजाने तयारी गरेको हो ।

आगामी सोमबार आमा-बहिनीलाई इजरायल लैजाने तयारी गरेको नेपालस्थित इजरायली दूतावासले जनाएको छ । इजरायलले विपिनकी आमा र बहिनीलाई संयुक्त राष्ट्रसंघसम्म पुर्‍याउने तयारीसमेत गरेको छ ।

लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका विपिन दक्षिणी इजरायलको किबुजबाट अपहरणमा परेका थिए ।

हमासको आक्रमणमा परी विपिनसँगै रहेका १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उक्त आक्रमणमा कूल १२ सय मानिसहरू मारिएका थिए ।

अन्तिम अध्यावधिक: २३ साउन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस