कैलाली -
कैलाली कारागारमा कैदीबन्दीबीच झडप हुँदा एक जनाकाे मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले कैदीबन्दीबीच झडप हुँदा धनगढी उपमहानगरपालिका-४ का ४० वर्षीय भरत चाैधरीकाे मृत्यु भएको बताए ।
चाैधरी लागूऔषध मुद्दामा कारागारमा थिए । झडपका क्रममा अन्य ४७ जना घाइते भएका छन् ।
घाइतेहरूकाे सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरू मध्ये तीन जनाकाे अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएको छ ।
कैलाली कारागारमा केही दिनदेखि कैदीबन्दीबीच झडप भइरहेको थियाे ।