Advertisement
Skip This
ट्रेण्डिङ

कञ्चनपुर : नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको कार्यालय उद्घाटन, अध्यक्षमा चाैधरी

होमपेज / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २७ साउन २०८२ (२ महिना अघि)
  • ७४७

कञ्चनपुर

मंगलबार कञ्चनपुरको महेन्द्रनगरमा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको कार्यालय औपचारिक रूपमा उद्घाटन गरिएको छ। भीमदत्त नगरपालिका–६, महेन्द्रनगर (ऐठपुर) स्थित प्रतिष्ठानको कार्यालय स्थापना गरिएको हो।

उद्घाटन समारोहमा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कम्युनिष्ट नेताले समाज परिवर्तनमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै, कर्माचार्यले अघि सारेका नीति, कार्यक्रम र सिद्धान्तलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याए।

उनले समाजको समृद्धि र विकासका लागि कर्माचार्यको विचार र आदर्श महत्वपूर्ण आधार रहेको उल्लेख गरे।प्रतिष्ठानकाे अध्यक्षमा नेकपा माओवादी केन्द्रका नेता पोतीलाल चौधरीलाई पदभार ग्रहण गराइएको छ ।

उनलाई पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गराएका हुन्।

बेलाैरी नगरपालिकाका मेयर समेत रहेका चाैधरीले कर्माचार्यले देखाएको मार्ग अनुसरण गर्दै जनताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

चाैधरीका अनुसार, कर्माचार्य केवल कम्युनिष्ट आन्दोलनका संस्थापक सदस्य मात्र नभई, माओवादी आन्दोलनका पनि अग्रज नेता थिए। 

उक्त कार्यक्रममा माओवादी नेता–कार्यकर्ता, विभिन्न कम्युनिष्ट अगुवाहरूको सहभागिता रहेको थियो।

अन्तिम अध्यावधिक: २७ साउन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस