कारागार घटना प्रकरण: कैलालीका सिडिओ हमाल मन्त्रालय तानिए

होमपेज / मुख्य समाचार /
लम्साललाई कैलाली प्रशासनको जिम्मेवारी
कारागार घटना प्रकरण: कैलालीका सिडिओ हमाल मन्त्रालय तानिए
  • रेडियो सुदूर सञ्चार
  • २८ साउन २०८२ (११ महिना अघि)
  • ४२९

जिल्ला कारागारमा एक जनको मृत्यु हुने गरी भएको घटनापछि कैलालीका प्रमुख जिल्ला अधिकारी मन्त्रालयमा तानिएका छन्। गृहले बुधबार कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई मन्त्रालय तानेको हो।

उनको ठाउँमा कृष्णप्रसाद लम्साललाई कैलाली पठाइएको छ। यसअघि दाङको प्रमुख जिल्ला अधिकारी रहेका लम्सालले अब कैलाली प्रशासनको नेतृत्व गर्नेछन्।

गत शनिबार कैलाली कारागारमा झडप हुँदा भरत चौधरीको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए।

अन्तिम अध्यावधिक: २८ साउन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस