ट्रेण्डिङ

कैलाली कारागारका तीन कैदीलाई कञ्चनपुर सरुवा

होमपेज / मुख्य समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २९ साउन २०८२ (१ हप्ता अघि)
  • १७४

कैलाली कारागारभित्र हिंसात्मक झडपमा परी घाइते भएका २७ जना कैदीबन्दीलाई अस्पतालले डिस्चार्ज गरेको छ । सेती प्रादेशिक अस्पतालले उपचार पश्चात उनीहरुलाई डिस्चार्ज गरेको हो ।

अस्पतालले डिस्चार्ज गरे पनि उनीहरुलाई अस्पतालमै राखेको कारागारका जेलर जालन्धर भुसालले जानकारी दिए । “डिस्चार्ज भएका कैदीलाई पुनः कैलाली कारागारमा लगिएमा माहोल फेरि अशान्त बन्न सक्छ । त्यसैले उनीहरुलाई अस्पतालमै राखेका छौं” उनले भने । 

डिस्चार्ज भएकामध्येबाट तीन जनालाई भने कञ्चनपुर कारागारमा स्थानान्तरण गरिएको छ । बाँकी अरु कैदीलाई पनि अन्यत्र स्थानान्तरणका लागि गृहकार्य भइरहेको छ । त्यसका लागि कारागार विभाग र कैदीका आफन्तसँग छलफल भइरहेको जनाइएको छ । 

शुक्रबार मध्यराति भएको हिंसात्मक झडपमा परी ४८ जना कैदी घाइते भएका थिए । जसमध्ये उपचारको क्रममा भरत चौधरीको ज्यान गएको थियो । घाइतेमध्ये गम्भीर अवस्थाको तीन जनालाई थप उपचारका लागि काठमाडौंं लगिएको छ ।

अन्तिम अध्यावधिक: २९ साउन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस