कञ्चनपुर : बेलाैरीमा एक महिला मृत फेला

होमपेज / मुख्य समाचार / समाचार /
कञ्चनपुर : बेलाैरीमा एक महिला मृत फेला
  • रेडियो सुदूर सञ्चार
  • २९ साउन २०८२ (१ बर्ष अघि)
  • १९३४

निरु चाैधरी / बेलाैरी, कञ्चनपुर -

कञ्चनपुरको बेलाैरी नगरपालिका–७ र ८ को सीमाना खप्टीपुल (खाेलामा) बिहीबार बिहान एक महिला मृत अवस्थामा फेला परेकी छन्।

इलाका प्रहरी कार्यालय बेलाैरीका वरिष्ठ प्रहरी सहायक निरीक्षक वीर सिंह धामीका अनुसार मृतक ४२ वर्षीया विन्दु चाैधरी, बेलाैरी नगरपालिका–८ कलकत्ता निवासी हुन्।

स्थानीयले शव पानीमा डुबेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाको थप अनुसन्धान भइरहेको बेलाैरी प्रहरीले जनाएको छ।

भने यतिबेला चाैधरीको शव पोष्टमार्टमका लागि श्रीपूर प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ।

अन्तिम अध्यावधिक: २९ साउन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस