कञ्चनपुर -
शनिबारदेखि भारतीय यातायात व्यवसायी आन्दोलित भएका छन् । नेपाली पक्षले यात्रु बोकेर कञ्चनपुरमा प्रवेस गर्न नदिने निर्णय गरेपछि बनबासाका भारतीय ट्याक्सी व्यवसायी आन्दोलित भएका हुन् ।
उनीहरुले बनबासा पुल क्षेत्रमा कञ्चनपुर प्रशासनको निर्णय बिरुद्धमा आन्दोलन गरेका छन्।
देबभूमी ट्याक्सी व्यवसायी यूनियनका बनबासाका अध्यक्ष रफी अन्सारीले दुई देशविचको सम्बन्धमा नेपाली प्रशासनबाट सौतेली व्यवहार भएको भन्दै बाध्य भएर आन्दोलनमा उत्रिएको बताए।
नेपालका अन्य सीमा क्षेत्रबाट भारतीय नम्बर गाडी भारतमा गईरहेको बताए । उनले सहज रुपमा सीमवर्ती नेपाली बजारमा सवारी साधान संचालनमा जोडदिए।
भारतीय यातायात व्यवसायी मनोज जोशीले नेपाल भारत दुवै देशमा यातायात सेवाको समान व्यवहार हुनुपर्नेमा जोडदिदै समस्या समाधान नभए भारत जाने नेपाली सवारी साधन रोक्ने समेत चेतावनी दिएका छन्।
०८२ साउन ७ गते प्रशासनले गरेको ४नम्बर बुँदामा भारतीय नम्बर प्लेटका टेक्सीले जिल्ला भित्रका स्थानीय यात्रु ओसार्न नपाउने, भारत तर्फबाट यात्रु लिई नेपाल भित्रिने भारतीय नम्बर प्लेटका टेक्सीले फर्किदा यात्रु लिएर फकिर्नुपर्ने अवस्था भएका भन्सार दस्तुर अनुमती बेगर आवागन गर्न नपाउने, त्यस्ता टेक्सीले स्थानीय यात्रु जम्मा संकलन गरी आवागत गर्न नपाउने व्यवस्था गर्ने उल्लेख गरिएको छ।
प्रशासनको उक्त निर्णयले भारतीय सवारी साधन नेपाल प्रवेश पूर्ण रोक नै लगाएको छैन्। यात्रु ओसार्ने विषयमा गरिएको निर्णयको गलत प्रयोगले नेपालमा भारतीय नम्बरका गाडी प्रवेशमा रोक भन्ने जस्ता अफवाहले बषौँदेखि दुई देशविचको सम्बन्धमा चिसोपन ल्याउने कुचेष्टा हुँदा दुवै देशका निकायविच समयमै वार्ताका माध्यमबाट समस्याको निवारण आवश्यक रहेको स्थानीयहरुको सुझाव छ।