ट्रेण्डिङ

कञ्चनपुर : लागूऔषधसहित एक जना प*क्रा*उ

होमपेज / मुख्य समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २ भदौ २०८२ (५ दिन अघि)
  • १८८

कञ्चनपुर -

कञ्चनपुरमा एक युवक लागूऔषधसहित पक्राउ परेका छन्। जिल्लाको कृष्णपुर नगरपालिका-३ बाणी घर भई भीमदत्त नगरपालिका-४ बजार स्थित कोठा गरी बस्ने २१ वर्षीय सन्दिप जोशी लागूऔषधसहित पक्राउ परेका हुन्।

जोशीको कोठामा खानतलासी गर्दा २ ग्राम ११० मिलिग्राम लागूऔषध खैरो हेरोइर्न  फेला पारी उक्त पदार्थसहित उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ।

अन्तिम अध्यावधिक: २ भदौ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस