कञ्चनपुर -
कञ्चनपुरको एक स्थानीय सरकारका नगर प्रहरी इन्चार्ज बिरुद्ध प्रहरीमा जबरजस्तीकरणी मुद्दा दायर भएको छ । भीमदत्त नगरपालिका प्रहरी इन्चार्ज नगर प्रहरी सहायक निरीक्षक(असई) सुरेन्द्र बोहराविरुद्ध प्रहरीमा जबरजस्तीकरणी मुद्दा दायर भएको हो ।
भीमदत्त नगरकै ३२ बर्षिया एक महिलाले नगर प्रहरी बोहराविरुद्ध ३० साउन शुक्रबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दिएकी थिईन । ति महिलाले दिएको जाहेरीका आधारमा कञ्चनपुर प्रहरीले भीमदत्तका नगर प्रहरी इन्चार्ज बोहरालाई पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले उजुरीका आधारमा असई बोहरालाई जाहेरी परेकै दिन पक्राउ गरेको बताए । ‘उजुरीका आधारमा हामीले नगर प्रहरीलाई पक्राउ गरेर हिरासतमा राखेका छौँ, ‘अदालतबाट पहिलो पटक ५ दिनको म्याद थप भएको छ, उजुरीमाथि बारे अनुसन्धान अघि बढेको छ ।’
केही समय अघि ति महिलाले विष सेवन गरेर घाईते भए धनगढीको एक अस्पतालमा उपचार गरेर फर्किएपछि नगर प्रहरी बोहराविरुद्ध आफूमाथि जबरजस्तीकरणी गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिईन । अबिवाहित ३२ वर्षीया नगर प्रहरी बोहरा आफ्नै उमेर समुहकी ३२ वर्षीया विवाहित महिला अर्काकी श्रीमतीसंग प्रेम सम्बन्धमा फसेपछि अहिले करणीमुद्दा खेप्नु परेको छ ।
जिल्लाकै जेठो भीमदत्त नगरका प्रहरी इन्चार्ज बोहरा जिम्मेबार सार्वजनिक पदमा भएपनि विवाहित अर्काकी श्रीमतीसंग सल्किएको यो घटनाले समाजमा सर्वत्र चिन्ता व्यक्त गरिएको छ । नगर प्रहरी इन्चार्ज बोहरा समान उमेरकी अर्काकी श्रीमतीसंग प्रेममा लिप्त भएका हुन वा जबरजस्तीकरणी गरेका हुन त्यो विषय न्यायालयबाट निरुपण हुने भएपनि घटनालाई लिएर समाजिक क्षेत्रमा विवाहित महिलाले पनि श्रीमान हुँदाहुँदै परपुरुषसंग सम्बन्ध सहमती वा किन राखेको भन्दै दुवैतर्फ मानिसहरुले प्रश्न तेस्र्याईरहेका छन् ।
भीमदत्त नगरका प्रवक्ता पदमराज अवस्थीले कानुन बिरुद्धमा गतिबिधी गर्ने नगर प्रहरी मात्रै होईन जो सुकै कर्मचारीले गल्ती गरेको प्रमाणित भए कार्बाही गर्ने बताए ।