ट्रेण्डिङ

नेपाल ईटा उद्योग महासंघ प्रदेश समितिकाे अधिवेशन पुनर्वासमा : अध्यक्ष बुडाल

होमपेज / विविध / समाचार /
अधिवेशनलाई ऐतिहासिक बनाउन सबैको सहयोगकाे अपेक्षा - बलदेव सिंह बुडाल
  • रेडियो सुदूर सञ्चार
  • ६ भदौ २०८२ (१ दिन अघि)
  • ३२४

बेलाैरी, कञ्चनपुर —

नेपाल ईटा उद्योग महासंघ सुदूरपश्चिम प्रदेश समितिको दोस्रो अधिवेशन कञ्चनपुरको पुनर्वासमा हुने भएको छ। 

यहीँ भदौ ९ गते सोमबार पुनर्वास उद्योग वाणिज्य संघको हलमा अधिवेशन आयोजना गर्न लागिएको महासंघले जनाएको छ।

ईटा उद्योग महासंघ सुदूरपश्चिम प्रदेश समिति अध्यक्ष बलदेव सिंह बुडालका अनुसार अधिवेशनका लागि तयारी तीव्र गतिमा भइरहेको छ। यसअघि कैलालीको धनगढीमा पहिलो अधिवेशन सम्पन्न भएको थियो। 

पुनर्वासमा हुने दोस्रो अधिवेशनमा बिहान ९ बजेदेखि उद्घाटन सत्र र बन्दसत्रका कार्यक्रम सञ्चालन हुनेछन्। सो अवसरमा नयाँ नेतृत्व पनि चयन गरिने अध्यक्ष बुडालले जानकारी दिए।

अधिवेशनमा नेपाल ईटा उद्योग महासंघका केन्द्रीय अध्यक्ष शंकरबहादुर चन्द, पुनर्वास नगर प्रमुख तोयप्रसाद शर्मा लगायत प्रदेशभरिका ईटा उद्योग व्यवसायी, सरोकारवाला निकायका प्रतिनिधि र आमन्त्रित पाहुनाको उपस्थित रहनेछ। 

अध्यक्ष बुडालका अनुसार सबै क्षेत्रमा औपचारिक निमन्त्रणा पठाइसकिएको छ। कुनै कारणले पत्र नपुगेका व्यवसायी वा सरोकारवालाले पनि समाचारकै माध्यमलाई आधार मानेर अधिवेशनमा सहभागी हुन आग्रह गरिएको छ।

कञ्चनपुरको दक्षिणी क्षेत्रमा हुन लागेको दाेस्राे अधिवेशनलाई ऐतिहासिक बनाउन सबैकाे सहयोगकाे अपेक्षा गरिएको आयोजकले जनाएको छ।

अन्तिम अध्यावधिक: ६ भदौ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस