ट्रेण्डिङ

कञ्चनपुर : लिजामा बेदकाेट प्रथम, बेलाैरी द्वितीय

होमपेज / मुख्य समाचार / समाचार /
बेलाैरी नगरले दोस्रो स्थान हासिल गर्नु सबैको सामूहिक प्रयासको हो : मेयर चाैधरी
  • रेडियो सुदूर सञ्चार
  • ८ भदौ २०८२ (४ घण्टा अघि)
  • १८७

बेलाैरी, कञ्चनपुर —

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भर्खरै सार्वजनिक गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) प्रतिवेदनमा कञ्चनपुरका नौवटै स्थानीय तह सहभागी भएका छन्।

प्रतिवेदनअनुसार बेदकोट नगरपालिका ८३.२५ अंकसहित जिल्लाको उत्कृष्ट स्थानीय तह घोषित भएको छ भने बेलौरी नगरपालिका ८२.५० अंकसहित दोस्रो स्थानमा परेको छ।

सो मूल्याङ्कनमा भीमदत्त नगरपालिका ८१.२५, लालझाडी गाउँपालिका ८१.७५, बेलडाँडी गाउँपालिका ८१.७५ पुनर्वास नगरपालिका ८१.०० र शुक्लाफाँटा नगरपालिकाले ८०.०० अंक प्राप्त गरेकाे छ।

त्यस्तै, कृष्णपुर नगरपालिका ७३.२५ र दोधारा–चाँदनी नगरपालिका ७१.५० अंकसहित अन्तिम स्थानमा रहेका छन्।

लिजा मूल्याङ्कन नौवटा सूचकका आधारमा गरिएको थियो, जसमा शासकीय प्रबन्ध, बजेट तथा योजना व्यवस्थापन, वित्तीय अनुशासन, सेवा प्रवाह, सामाजिक समावेशीकरण, पूर्वाधार विकास, वातावरण संरक्षण र विपद् व्यवस्थापन समावेश छन्।

बेलौरी नगरपालिकाका मेयर पोतीलाल चौधरीले भने, “लिजा मूल्याङ्कनमा बेलाैरी नगरपालिकाले दोस्रो स्थान हासिल गर्नु सबैको सामूहिक प्रयासको नतिजा हो।, यद्यपि प्रथम हुने प्रयास गर्नुपर्छ।,

हाम्रो प्राथमिकता सुशासन, पारदर्शिता र दीगो विकासमा केन्द्रित छ। यसले आगामी दिनमा अझ व्यवस्थित योजना कार्यान्वयन गर्न हौसला मिलेको छ।”

सरोकारवालाहरूका अनुसार, यस नतिजाले कञ्चनपुरका स्थानीय तहहरूले सेवा प्रवाह, सुशासन, पूर्वाधार विकास र संस्थागत क्षमतामा प्रगति गरेको बुझिन्छ।

अन्तिम अध्यावधिक: ८ भदौ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस