बेलाैरी, कञ्चनपुर -
नेपाल ईटा उद्योग महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा पुन: बलदेब सिंह बुडाल निर्वाचित भएका छन् । सोमबार कञ्चनपुरको पुनर्वासमा सम्पन्न भएको नेपाल ईटा उद्योग महासंघ सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशनबाट पुन: अध्यक्षमा बुडाल निर्बिरोध निर्वाचित भएका हुन् ।
बरिष्ठ उपाध्यक्षमा मुक्ति प्रशाद सुवेदी, महासचिवमा सुरज श्रेष्ठ, कोषाध्यक्षमा नवीन शर्मा, सदस्यहरुमा खडक बिक्रम थापा, दिलिप बहादुर चन्द, विष्णूदत्त पाण्डेय निर्बिरोध निर्वाचित भएका छन् ।
झण्डै साढे तीन दशकदेखि ईटा व्यवसायीमा जुटेका बुडालले आम सुप प्रदेशका ईटा व्यवसायीहरुको हकहितका साथै सुरक्षाका क्षेत्रमा काम गर्ने प्रतिज्ञा गरेका छन् ।
उद्घाटन कार्यक्रममा समेत उनले ईटा व्यवसायीमाथि राज्यले अन्याय गरेको दुखेसो पोख्दै, युवा पुस्ता विदेश पलायन भईरहेको जनाउँदै स्वदेशकै ईटा उद्योगमा काम गर्ने वातावरण बनाउन जोडदिएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पुनर्वास नगरका मेयर तोय प्रशाद शर्माले ईटा व्यवसायीका समस्या समाधानका लागि पालिकाबाट पहल गर्ने आश्वासन दिएका छन् ।
बिशिष्ठ अतिथि समेत रहेका नेपाल ईटा उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष राजेन्द्र प्रजापतिले सरकारबाटै ईटा व्यवसायी मारमा परेको बताए ।
केन्द्रीय सदस्य दिपेन्द्र ऐरले करको भार माथि थुपारेको दुखेसो पोखे । सेती महाकाली ईटा तथा टायल उद्योगका अध्यक्ष कृष्ण तामाङ्गले सरकारदेखि बैंकबाट मारमा परेको बताए ।
कार्यक्रममा ईटा व्यवसायीहरुले सरकारबाटै अन्याय, पीडित भएको दुखेसो पोखेका छन् । देश निर्माणका लागि आवश्यक ईटा उत्पादन गर्ने ईटा उद्योगी मार्फत करदेखिका विवित विषयमा अन्याय गरेको बताएका छन् ।
नेपाल ईटा उद्योग महासंघ सुदूरपश्चिम प्रदेशका निर्वतमान कोषाध्यक्ष एंव नव निर्वाचित महासचिव सुरज श्रेष्ठले संचालन गरेको कार्यक्रममा ईटा व्यवसायी सहितका अन्य क्षेत्रका व्यवसायीको सहभागिता रहेको थियो ।