सुदूरपश्चिममा दुई दिन सार्वजनिक बिदा

होमपेज / मुख्य समाचार / समाज /
सुदूरपश्चिममा दुई दिन सार्वजनिक बिदा
  • रेडियो सुदूर सञ्चार
  • १४ भदौ २०८२ (१ बर्ष अघि)
  • ५३२

सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको छ।

नेपाल सरकारले भदौ १५ र प्रदेश सरकारले भदौ १६ गते गौरा पर्वको बिदा दिएपछि यो प्रदेशमा दुई दिन सार्वजनिक बिदा कायम भएको हो। 

नेपाल सरकारले गौरा पर्वमा दिएको बिदा बाहेक थप एक दिन भदौ १६ गते गौरा पर्वको बिदा रहेको प्रदेश सरकारको राजपत्रमा उल्लेख छ। यस प्रदेशमा बिहीबारदेखि गौरा पर्व मनाइँदै छ। पर्वको मुख्य दिन अठ्वाली–दुर्वाष्टमीको अवसर पारेर नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ । गौरा पर्व मनाउनेलाई सो दिन बिदा हुनेछ।

अन्तिम अध्यावधिक: १४ भदौ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस