Advertisement
Skip This
ट्रेण्डिङ

निड्स नेपालको २६औं वार्षिक साधारणसभा तथा ९औं अधिवेशन भव्यताका साथ सम्पन्न

होमपेज / समाचार /
सामाजिक न्याय र समावेशी उत्थानशील विकासकाे दिशामा निड्स
  • रेडियो सुदूर सञ्चार
  • १४ भदौ २०८२ (२ महिना अघि)
  • ७७९

चन्द्रिका चाैधरी/ बेलाैरी, कञ्चनपुर

सामाजिक न्याय र समावेशी विकासको मूल ध्येय राख्दै अगाडि बढिरहेको निड्स नेपालले आफ्नो २६औं वार्षिक साधारणसभा तथा ९औं अधिवेशन शनिबार भव्य रुपमा सम्पन्न गरेको छ।

बेलाैरी उद्योग वाणिज्य संघको सभाहलमा निड्सले आफ्नो वार्षिक साधारणसभा तथा अधिवेशन भव्यताका साथ सम्पन्न गरेको हाे।,

निड्स नेपालकी अध्यक्ष दुर्गादेवी खरेलकाे अध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा(पातल) प्रमुख आतिथ्यता रहेको थियोे।,

कार्यक्रममा बाेल्दै मन्त्री थापाले - गैरसरकारी संस्थाका रुपमा रहेको यस निड्स नेपाल संस्थाले विगत २६ वर्षमा समाजमा खेलेको सक्रिय भूमिका र योगदानको प्रशंसा गरे।, उनले निड्स नेपाल समाजको अभिन्न हिस्सा भएको उल्लेख गर्दै संस्थाले ल्याएको परिवर्तन प्रेरणादायी रहेको बताए।,

निड्स नेपालका प्रमुख कार्यकारी निर्देशक भवराज रेग्मीले संस्था २०५५ सालमा स्थापना भएको जनाउँदै भने, - “संस्थामा ६० प्रतिशत महिलाको सहभागिता रहेको छ। स्थानीय सराेकारवाला पक्षसंगै संघ, प्रदेश र स्थानीय तहसँगको सहकार्यले हाम्रो कामलाई झनै प्रभावकारी र बलियो बनाएको छ।,

हामीले गरिब र विपन्न समुदायको आवास निर्माण र समावेशितामुखी कार्यक्रममा योगदान दिएका छौं।” उनले भने, सम्झौता बहुउद्देश्यीय सहकारी संस्था यसैको एक उदाहरण हाे।,

संस्थाकी अध्यक्ष दुर्गा देवी खरेलले सामाजिक न्याय, लैङ्गिक समानता, युवा सहभागिता र उत्पीडित समुदायको अधिकार प्रवर्द्धन संस्थाको प्राथमिकता रहेको बताइन्। उनले सहकार्य र एकताको बलले मात्र दिगो समाज निर्माण सम्भव हुनेमा जोड दिइन्।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले निड्स नेपालको योगदानको उच्च प्रशंसा गरेका थिए।

पुनर्वास नगरपालिका उपप्रमुख भुलिया रानाले महिलाको नेतृत्व र सशक्तिकरणमा गरेको काम प्रेरणादायी भएको बताइन्। बेलाैरी उपप्रमुख जाेगराम चौधरीले उत्पीडित समुदायको आवाज बुलन्द गर्ने कार्य महत्वपूर्ण रहेको उल्लेख गरे।

यस्तै बेलाैरी ४ का वडाध्यक्ष अर्जुन ढकालले शिक्षा, स्वास्थ्य र जनचेतना अभिवृद्धिमा योगदान प्रशंसनीय रहेको बताए। समाजसेवी बुद्धिजीवी प्रेमसिंह बोहराले भने, “निड्स नेपाल केवल संस्था होइन, समाज परिवर्तनको साझा प्लेटफर्म हो।”

कार्यक्रममा गैरसरकारी संस्था महासंघका सुप प्रदेश अध्यक्ष, स्थानीय जनप्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रमुख एवम् प्रतिनिधि, नागरिक समाज पत्रकार एवम् सरोकारवालाहरुको उल्लेखनीय सहभागिता रहेको थियो।

सो अवसरमा समाजसेवा, नेतृत्व र समुदाय उत्थानमा योगदान दिने सहभागीहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।

९औं अधिवेशनबाट पुनः दुर्गा देवी खरेल अध्यक्षमा सर्वसम्मत निर्वाचित भएकी छिन्। अन्य सदस्यमा भने केही फेरबदल गरिएको बताइएको छ।,

निड्स नेपालले आगामी दिनमा पनि सामाजिक उत्थान, समावेशी विकास र न्याय सुनिश्चित गर्न निरन्तर काम गर्ने प्रतिबद्धता जनाएको छ।

अन्तिम अध्यावधिक: १४ भदौ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस