Advertisement
Skip This
ट्रेण्डिङ

नेपाल र वेस्ट इन्डिजबीचको दोस्रो टी–२० क्रिकेट आज हुँदै

होमपेज / खेलकुद /
  • रेडियो सुदूर सञ्चार
  • १३ असोज २०८२ (३ हप्ता अघि)
  • १४८

नेपाल र वेस्ट इन्डिजबीचको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट आज हुँदैछ । यो खेल संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाहमा राति सवा ८ बजे शुरू हुनेछ । यसअघि भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराउँदै ऐतिहासिक जीत हासिल गरेको थियो ।

नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को पूर्ण सदस्य राष्ट्रलाई पहिलो पटक हराएको थियो । वेस्ट इन्डिज दुई पटकको टी–२० विश्वकप विजेता हो । तीन खेलको ऐतिहासिक ‘युनिटी कप’ टी–२० शृङ्खला नेपालका लागि आईसीसी टी–२० विश्वकप एशिया छनोटको तयारीका रूपमा रहेको छ । शृङ्खलाको तेस्रो तथा अन्तिम खेल भोलि हुनेछ ।

अन्तिम अध्यावधिक: १३ असोज २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस