चाँडपर्व होस् वा भोजभतेर होस्, भलै घरमा पाहुना नै किन नआओस् मासुको परिकार अनिवार्य जस्तै मानिन्छ । खाने मानिसको रुचीनै नभएपनि खुवाउनेले मासु नखुवाई चित्त नै बुझिँदैन । यसकारण हामीले मासु खानु अगाडि मासुको बारेमा थाहा पाउनु आवश्यक छ ।
मानवले मासु खान थालेको प्रचीनकाल देखि नै हो । सुरु—सुरुमा मानवहरु काँचो मासु खान्थे जतिबेलासम्म आगोको आविष्कार भैसकेको थिएन । आगोको आविष्कार भएपछि मानवले मासुलाई पोलेर खान थाले र पोलेको मासु काँचो मासुको तुलनामा स्वादिलो हुनुका साथै मासुमा भएका हानिकारक किटाणुहरु नष्ट हुनगई उनीहरुको स्वास्थ्य हृष्टपुष्ट र स्वस्थ हुन थाल्यो जसको कारणले उनीहरुको मष्तिष्कको राम्रो विकास हुन गई सोच्ने शक्तिमा वृद्धि विकास र प्रविधिको खोज हुन थाल्यो । यसो हुनुमा मासुबाट प्राप्त पोषक तत्व नै प्रमुख कारक हो । शरीरलाई आवश्यक पर्ने पोषक तत्वहरु मध्ये शारीरिक वृद्धि विकासका लागि प्रोटिन प्रमुख तत्व मानिन्छ । यसको प्रमुख श्रोतको रुपमा मासुलाई नै लिइन्छ ।
आजभोलि पनि मासुलाई पकाएर वा काँचो मासुका विभिन्न परिकारका रुपमा खाने चलन धेरै थोरै रहिआएको छ । अझै पनि कतिपय ठाँउमा मरेको सिनो खाने चलन रहिरहेको छ जसका कारणले विभिन्न किसिमका रोगहरु जस्तैः झाडा वान्ता, आउँ, रगतमासी, रगत छेर्ने आदि देखा पर्दछन । हाल आएर मरेको पशुको मासु खाने चलनमा कमि आएको भएता पनि पूर्णरुपमा बन्द भएको अवस्था छैन । मासु खानका लागि अस्वस्थ, दुब्लो, मरेको पशुलाई पनि काटेर मासु खाने चलन ग्रामीण तथा शहरी क्षेत्रमा समेत विद्यमान छ ।
सामान्यतयाः एक जवानलाई वर्षभरीमा १४ के.जी. मासु आवश्यक पर्छ । पशुपन्छी डायरी, २०७५ अनुसार आ.व. २०७३-०७४ मा ३,३२,५४४ मेट्रिक टन मासु उत्पादन भएको छ भने हाल नेपालमा प्रति व्यक्ति करिव १२.५ के.जी. मासु उपलब्ध हुन सकेको छ । नेपाल सरकारले ‘बधशालादेखि भान्छासम्म, स्वच्छ र स्वस्थ मासु’ अभियानको घोषणा गरियो । आजका दिनसम्म जनताको हितको लागि वनेको महत्वपूर्ण कानून पशु बधशाला र मासु जांच ऐन, २०५५ कार्यान्वयन हुन सकेको छैन । यी कानूनहरुको कार्यान्वयन हुन अपरिहार्य छ । हामीले कस्तो मासु खान हुने हो सोबारे व्यापक जनचेतना अभिवृद्धि गराउन आवश्यक छ ।
१) मासु :
मासु भनेको जीवको हाड ,नसा, रगत, छाला, लादी, गिदी, मासी बाहेकको रातो खैरो लचिलो पदार्थ हो । मांसपेसीबाट मासु बन्नकोलागि २४ घण्टा समय लाग्दछ । यति समयसम्म फ्रिजमा राख्नु पर्दछ अनि मात्र मांसपेशी मासुमा परिणत हुन्छ ।
डा. धनराज रतला र डा. डिल्ली राम सेढाईका अनुसार “मासु भनेको जनावरका ति तन्तुहरु हुन् जुन चाहिं खानको लागि योग्य हुन्छन् । मानिसले खाने मासु मुख्य गरेर घर पाल्तु पशुहरु र सामुन्द्रिक जीवहरुबाट उत्पादन हुन्छ ।”
Meaning of Meat according to Oxford Dictionary ” Animal and specially mammal tissue used as food we need to go shopping; there’s only enough meat in the freezer for one more dinner.” Flesh of animal, esp mammals rather than fish or birds, used as food.
पशु बध गरेको ४५ मिनेट भित्र प्राप्त मांसपेशीलाई फ्रिजमा राखि सक्नु पर्दछ । उच्चगुणस्तरको मासु उत्पादन गर्न मासुमा बिस्तारै अम्लियपना बढ्नु पर्दछ । मासुमा अम्लियपना (एज् ) ५.५ हुनु पर्दछ । एक्कासी अम्लियपना बढेमा मासु बिग्रिन्छ । मासुलाई पटकपटक तातो चिसो तातो गर्नु हुदैन यसो गर्नाले मासुको गुणस्तर कायम रहदैन ।
२)मांशपेशी :
मांशपेशी भनेको पशुपन्छी काटेपछि प्राप्त हुने मांशपिण्ड वा अस्थिर शरीर वा मासुको डल्लो वा लोतो वा मासुको स्वतन्त्र अस्तित्ववाला गांठो वा मसल (Muscle) हो ।
३)नेपालमा मासु उत्पादनको स्थिति :
४) विभिन्न मासुमा पाईने पौष्टिक तत्वहरु
५) रातो मासु (Red meat):
माछा र कुखुराको मासुबाहेक सबै खालको मासुलाई रातो मासुको रुपमा लिईन्छ । सामान्य तया स्तनधारी जनावरको मासुलाई रातो मासुनै भनिन्छ तर मासुको लागि काटिने जनावरको उमेर अनुसार पनि रातो र सेतो मासु भनिन्छ । जस्तैः बयस्क (adult) बंगुरको मासुलाई रातो मासु भनिन्छ भने कम उमेरको (young ) बंगुरको मासुलाई सेतो मासु भनिन्छ । रातो मासु हुने जनावर तथा पन्छीहरुमा खसी बोका, भेडा बाख्रा, भैसी राँगा हाँस तथा पानी हाँस, कोयली, परेवा, सुर्तुमुर्ग (ostrich )जंगली जनावरहरु (मृग, हरिण आदि ) मासुमा मायोग्लोविनको प्रतिशतले रातो मासु र सेतो मासुको निर्धारण गर्दछ । मायोग्लोविनको प्रतिशत जति जाति कम भयो त्यस मासुलाई सेतो मासु र जतिजति बढी भयो त्यसलाई रातो मासु भनिन्छ । केहि मासुमा भएको मायोग्लोविन प्रतिशत अनुसार मासुको वर्गीकरण निम्न अनुसार गरिएको छ:
रातो मासुमा पाईने पोषक तत्वहरु:
यसमा बढी मात्रामा फलाम (iron), क्रेटिन (cretine ) खनिज पदार्थ (mineral) जिंक र फस्फोरस तथा भिटामिनहरु (nicin, vitamin B12, thimine and reboflavin) र लिपोईक एसिड (lipoic acid) को मुख्य श्रोतको रुपमा रातो मासुलाई लिईन्छ ।
बढी मासु खादा हुने जोखिम:
‘Harvard School of Public Health study published in the April 2012 issue of the ” Archie of Internal Medicine’ अनुसार दैनिक रातो मासु खादा क्यान्सर र मुटु रोग हुने जोखिम १३ प्रतिशतले वृद्धि हुन्छ । प्रशोधित मासु (Bacon, Sausages, Salami, Ham, Hot dogs etc.) को सेवनबाट करिब २० प्रतिशतभन्दा बढी हुन्छ तर सेतो मासु, माछा, गेडागुडी, कम चिल्लो भएको दुग्धजन्य पदार्थ र बदाम, ओखर जस्ता वस्तुहरुको सेवनले रातो मासु खाँदा हुने जोखिमभन्दा ७ देखि १३ प्रतिशतसम्म घटाउँदछ ।
रातो मासु खादा अपनाउनु पर्ने सावधानी :
रगतमा लिपिड प्रोफाईलमा बढी क्लोष्टेरोल भएको, मुटु रोगी, युरिक एसिड र व्लड प्रेसर उच्च भएको व्यक्तिले रातो मासु खानु स्वास्थ्यको लागि उपुक्त हुदैन ।) सेतो मासु (white meat).
सामान्यतया मासु पकाउनु भन्दा अघि वा पछि सेतो देखिन्छ भने त्यस्तो मासुलाई सेतो मासु भनिन्छ । मासुमा हुने मायोग्लोवीन (mayoglobin) ले नै रातो मासु (red meat) वा सेतो मासु (white meat) को निर्धारण गर्दछ । सेतो मासुमा मायोग्लोवीन (mayoglobin) एकदम न्यूनमात्रामा हुन्छ । खासगरी कुुखुरा (poultry) टर्की र माछा (fish) को मासुलाई white meat भनिन्छ । यसको साथै sea foodलाई सेतो मासुको रुपमा लिईन्छ । अमेरिकी कृषि विभागका अनुसार ६५ प्रतिशतभन्दा कम (mayoglobin) भएको बंगुरको मासुलाई सेतो मासु अन्तरगत राखेको पाईन्छ ।
७) प्रति व्यक्ति प्रति दिन मासुको आवश्यकता:
बाच्नको लागि मासुको आवश्यकता पर्दैन । मासु सेवन गर्ने भन्दा शाकाहारी खाना खाने व्यक्ति स्वस्थ्य रहन्छन । मासु प्रोटिनको प्रमुख स्रोत हो । एउटा वयस्क व्यक्तिलाई दैनिक ०.८ ग्राम प्रोटिन प्रति के.जी.शारीरिक तौलका दरले आवश्यक पर्दछ । एउटा महिलालाई दैनिक ४६ ग्राम र पुरुषलाई ५६ ग्राम प्रोटिन आवश्यक पर्दछ । प्रति व्यक्ति प्रति दिन कति मासु आवश्यक पर्दछ भन्ने कुरा उसको शारीरिक अवस्थामा भरपर्दछ ।
दुब्लो वा कमजोर अवस्था वा शारीरिक तन्दुरस्तिको लागि दैनिक ०.६५ ग्राम प्रति के.जी. शारीरिक तौलको आधारमा र शारीरिक तौल बढाउनको लागि दैनिक १ ग्राम प्रति के.जी. शारीरिक तौलका आधारमा मासु आवश्यक पर्दछ । यसकारण एउटा ६८ के.जी. शारीरिक तौल भएको बयस्क मानिसलाई प्रतिदिन ९७.५ ग्राम तथा हप्तामा ५०० ग्राम मासु आवश्यक पर्दछ ।
८) मासुको भण्डारण:
तत्काल काटेको ताजामासुमा पानीको मात्रा बढी हुने, अम्लियता कम हुने र पोषक तत्व बढी हुने भएकोले जीवाणु बृद्धिको लागि अति राम्रो माध्यम हुन्छ । मासुमा कमभन्दा कम जीवाणु हुनु पर्दछ यसको लागि फ्रिजमा राख्नु पर्दछ । पशुबध गरेर डिप फ्रिजमा राखेको २४ घण्टामा गुणस्तरिय मासु बन्दछ ।
– मासुमा भएको पानीको मात्रा केही कमी भएपनि धेरै मात्रामा नष्ट हुन पाउदैन ।
– मासुमा भएका जीवाणुको संख्या बढन पाउदैन ।
– मासु कडाहुने प्रकृया ढिलो हुन्छ ।
– मासुमा इन्जाइम र रसायनिक प्रतिकृया ढिलो हुन्छ ।
– मासुलाई ० देखि ३ डिग्री सेल्सियस तापक्रममा राख्दा ७ दिन सम्म मासु सुरक्षित हुन्छ ।
– मासुलाई फ्रिजमा माईनस १.४ डिग्री सेल्सियस तापक्रममा राख्दा १४ दिन सम्म मासु सुरक्षित हुन्छ ।
– चिसो गरी राखेको मासुलाई डिप फ्रिजबाट बिक्री गर्न सक्ने जति मात्र बाहिर निकाल्नु पर्दछ पटक पटक मासुलाई डिप फ्रिजबाट भित्र बाहिर गरी तातो चिसो भएमा मासुको गुणस्तर विग्रन्छ ।
– पशु वध गरेको ४५ मिनेट भित्र मासुलाई फ्रिजमा राखिसक्नु पर्दछ ।
९) मासुलाई डिप फ्रिजमा राख्दा हुने फाईदाहरु:
– डिप फ्रिजमा ̵ १८ डिग्री सेल्सियस चिसो हुने हुदा २४ घण्टा भित्रै रांगो र बंगुरको मासुमा हुन सक्ने tape worm मर्न गई मासु सुरक्षित हुन्छ ।
̵ ८ डिग्री सेल्सियस तापक्रममा सबै किसिमाका जीवाणुको बृद्धि दर रोकिन्छ ।
– डिप फ्रिजमा राखेको रांगाको मासु १ वर्षसम्म, खसी, भेडाको मासु ९ महिना सम्म र बंगुर र कुखुराको मासु ६ महिनासम्म सुरक्षित हुन्छ ।
– डिप फ्रिजमा राखेको मासुलाई टुक्रा गरी पकाउँदा २ देखि ३ घण्टा जति कोठाको तापक्रममा राखि टुक्रा गरी पकाउनु पर्दछ ।
– मासुलाई पटकपटक तातो चिसो गर्नु हुदैन यसले मासुको अवस्था र गुणस्तर विग्रन्छ ।
१०) पशु बधशाला भित्र उपलब्ध हुनु पर्ने सुबिधाहरु:
पशुबधशाला र मासु जाँच निर्देशिका २०६४ को ४(३) मा पशु बधशाला भित्र देहाय बमोजीमका सुबिधाहरु हुनुपर्ने उल्लेख छ ।
– फोहर संकलन गरी तह लगाउने उपकरणको प्रयाप्त व्यवस्था ।
– नष्ट गरीएको मासु बधशालाबाट बाहिर निकासी गर्दा खान योग्य मासुसँग लसपस हुन नपाउने व्यवस्था ।
– उपकरणहरु सफा गर्ने र निःसंक्रमण गर्ने आवश्यक व्यवस्था ।
– कुखुरा ढुवानी गरिने र क्रेट र साधनलाई सरसफाई एवं निःसक्रमण गर्ने व्यवस्था ।
– बधशालाको प्रबेशद्वारा निःसंक्रमणका लागि आवश्यक व्यवस्था ।
– बधशालाको प्रवेश मार्गमा सफा क्षेत्रबाट फोहर क्षेत्रतर्फ उन्मुख ।
– पानी प्रयोग हुने सबै क्षेत्रमा ढल निकासको ब्यवस्था ।
– चिसो पार्नु नपर्ने कोठाहरुमा आवश्यक मात्रमा प्राकृतिक प्रकाश र स्वच्छ हावाका लागि झ्यालहरुको ब्यवस्था ।
– आपतकालिन बत्तिको अलग्गै व्यवस्था ।
– कोठाभित्र भएको हावा बाहिर फ्याँक्ने पंखाको व्यवस्था ।
– खानेपानी प्रयाप्त नभएको ठाँउमा मासु सफा गर्ने र बधशाला सफा गर्ने पानी छुट्टाछुट्टै पाईपबाट वितरण गर्ने व्यवस्था ।
– पशु वध गर्ने हलमा सफा स्वच्छ तातोपानीको नियमित आपूर्ति व्यवस्था ।
– हात धुनका लागि तातो र चिसो पानी, साबुन, ब्रसको व्यवस्था ।
– बधशालाभित्रको भँुईको सतह सफा क्षेत्रबाट फोहर क्षेत्रतर्फ हल्का भिरालो भई ढलमा जोडिको र जोडिने मुखमा छान्ने जडान गरिएको र
– बधशालाभित्रका भित्ता, भुँईदेखि १.६ मिटर उचाईसम्म सिमेन्टले बनाएको चिल्लो र ईपोक्सीरेशन रङ्ग लागाई त्यसभन्दा माथि छतसम्म कुनै हल्का रङ्ग पोतेको ।
११) मासु पसलको मापदण्ड:
– बिक्री कक्षमा पानी नजम्ने गरी सजिलैसँग सफा गर्न सकिने र चराचुरुङ्गी, किरा, मुसा लगायत अन्य घरपालुवा जनावरहरु जस्तै ः कुकुर, बिरालो, आदि प्रवेश गर्न नसकिने गरी बनाएको हुनु पर्दछ ।
– पसलको भित्ता सेतो टायल र भुर्इँमा सेतो मार्वल प्रयोग भएको तथा सिलिङ्गबाट धुलो, मैलो नखस्ने र पानी नचुहिने हुनु पर्दछ ।
– मासु तौल गर्ने डिजिटल मेसिन (तराजु) अलग्गै प्रयाप्त ठाउँ भएको हुनु पर्दछ ।
– मासु काट्ने टेवुल वा स्थानमा सिसा र जाली लगाईएको भुईँभन्दा कम्तिमा आधा मिटर उचाई भएको हुनु पर्दछ ।
– पसलबाट निस्कने फोहोर वस्तु, खेर गएको टुक्रा मासु तथा अन्य पदार्थ व्यबस्थित तरीकाले तह लगाउन सकिने किसिमको हुनुपर्दछ ।
– स्वच्छ र सफा पानीको पर्याप्त व्यवस्था भएको हुनुपर्दछ ।
– मासु बिक्रेताले अनिवार्य रुपमा सेतो र सफा कपडाको एप्रोन लगाउनुपर्नेछ ।
– मासुको गुणस्तर कायम राख्नको लागि बिक्री कक्षमा कम्तिमा चालु अवस्थाको चिस्यान (डीप फ्रिजको) व्यवस्था हुनुपर्दछ ।
– प्रयोग गरिने पानीको निकास सजिलै र व्यवस्थित व्यवस्था भएको हुनुपर्दछ ।
– बिक्रीको लागि राखिएको मासुमा पानी छर्केने, मासु पानीमा डुवाउने वा पानीले भिजाएको कपडाले छोप्ने गर्ने कार्य गर्न र गराउनु हुँदैन ।
– मासु काट्ने औजार खिया नपर्ने स्टेनलेस स्टीलको हुनुपर्दछ ।
– प्रयोग नभएको अवस्थामा अचानो, टेवल सफा र झिंगा नभन्कने किसिमको हुनुपर्दछ ।
– मासुको आकर्षण बढाउनको लागि कुनै किसिमको रंग, औषधि, रसायन प्रयोग गर्नु हँुदैन ।
– बध गरिएको पशुको भित्र्यांस, आन्द्रा, भँुडी, टाउको, खुट्टा, हड्डी जस्ता भागहरु मासु बिक्री पसलमा मासु लसपस नहुने गरी अलग्गै राखेको हुनुपर्दछ ।
मासु बधस्थल वा बधशालाबाट बिक्री वितरण गरिने मासु पसल सम्म ढुवानी गर्दा कोल्डचेन भेहिकल –गाडीबाट) ढुवानी गरेको मासु बिक्री वितरण गर्नुपर्ने हुन्छ ।
मासु बिक्रेता दीर्धरोगी वा कुनै रोगको संक्रमण (टी.वी, अन्य सरुवा रोग) नभएको अर्थात मासु बिक्री वितरण गर्ने व्यक्ति स्वास्थ्य हुनुपर्दछ ।
१२) मासुको ओसार पसार गर्ने साधनमा हुनु पर्ने व्यवस्था:
– मासु ओसार पसार गर्ने साधनको भित्रि भागमा प्रयोग गरिएको सबै सामाग्रीहरु खिया नलाग्ने, चिल्लो सतह भएको, पानी नसोस्ने सजिलै सफा गर्न सकिने र नि.संक्रमण गर्दा प्रयोग गरीने रसायनले कुनै असर नपर्ने खालको भएको ।
– मासु ओसारपसार गर्ने साधनको
जडित झ्याल ढोकाहरु राम्ररी बन्द गर्न सकिने किसिमको भएको,
– मासु ओसारपसार गर्नुपर्ने अवधिभर आवश्यक तापक्रम मिलाएर राख्न सकिने किसिमको भएको,
– मासु ओसारपसार गर्दा मासु राख्न प्रयोग गरिने भाँडो भित्री भाग औजार तथा उपकरण सफा र खिया नलाग्ने भएको ।
१३) मासुको ओसार पसार गर्दा मिलाउनु पर्ने व्यवस्था:
– मासुको ओसारपसार खुल्ला रुपमा गर्न नपाईने ।
– मासुसँगै आन्द्रा भुँडी, भित्र्याँश, टाउको, खुट्टीजस्ता पदार्थ ओसार पसार गर्नु परेमा मासुसँग लसपस नहुने गरी अलग अलग बन्द गरी लैजानुपर्ने ।
– मासु ओसारपसार गरिने साधन मासु राख्नु अघि निःसंक्रमण गरिएको हुनु पर्ने ।
– मासु ओसारपसार हुने मासुको कुनैपनि भाग जमिन वा खुल्ला ठाँउमा नछाईएको र अन्य कुनै वस्तुबाट दुषित नभएको हुनु पर्ने ।
– मासुको ओसार पसारमा प्रत्यक्ष संलग्न रहने ब्यँिक्त क्षयरोग वा अन्य संक्रामक रोग लागेको हुन नहुने ।
१४) मासुसँग सम्बन्धितहरुको व्यक्तिगत सरसफाई र चाल चलन:
पशु बधशाला वा मासु प्रशोधन स्थान वा मासु पसलमा काम गर्ने कामदारहरुले व्यवस्थापनद्वारा निर्धारण गरिएको नियम अनुसार व्यक्तिगत सरसफाई र व्यक्तिगत चालचलन सुव्यवस्थित गर्न अपनाईएको मापदण्डहरुको राम्रोसँग पालना गर्नु पर्दछ । कामदारको कर्तब्य र दायित्व निम्नअनुसार हुनुपर्दछ ।
– मासुपसल बधशाला वा प्रशोधन कक्षभित्र प्रबेश गर्ने व्यक्तिले व्यवस्थापनद्वारा बितरण गरिएको निर्धारित पहिरन र जुत्ता लगाएर मात्र प्रबेश गर्नु पर्दछ ।
– कामदारको नङ छोटो र सफा हुनुपर्दछ । नङ टोक्ने बानी भएका र नङमा पालिस राख्नेलाई निरुत्साहित गर्नु पर्दछ ।
– कामदारको टाउकोबाट रौ झरेर खाने कुरामा पर्ने समस्यालाई हल गर्न अनिवार्य टोपी वा कपाल छोप्ने कपडाको प्रयोजन गर्नु पर्दछ ।
– कामदारको हातमा घाउ लागेको वा कुनै खटिरा आदि आएको छ भने प्लाष्टिकको टेप वा ब्याण्डेज लगाएर मात्र काममा संलग्न गराउनु पर्दछ ।
– टाउको कन्याउने हात मुखको भित्र बाहिर गर्ने, बारम्बार खोक्ने र थुक्ने बानी आदि भएका कामदारलाई सो बानी हटाउन लगाउनु पर्दछ । सम्झाएर पनि बानी नहटेमा कामबाट बञ्चित गराउनु पर्दछ ।
– पान खाने, धुम्रपान, चुन, सुपारी आदि खाने प्रथालाई निषेध गर्नु पर्दछ ।
– कामदार सफा सुग्धर हुन नितान्त जरुरी छ ।
– क्षय रोग, छालासम्बन्धी रोग तथा अन्य संक्रामक रोग लागेको व्यक्तिलाई कामदारको रुपमा प्रयोग गर्नु हँुदैन र त्यस्ता व्यक्तिलाई मासुपसल, पशु बधशाला वा प्रशोधन कक्षभित्र प्रवेश गर्न दिनु हुदैन ।
१५) मासुजन्य रोगहरु:
मासुको माध्यमबाट मानिसमा सर्ने रोगलाई मासु जन्य रोगहरु (meat born disease) तथा जुनोटिक रोग पशुबाट मानिसमा सर्ने रोगहरु निम्न अनुसार रहेका छन्:
मासुको स्वस्थता प्रकृति र लापरवाहीको कारणले लाग्न सक्ने रोगहरुबारे हामी अनमिज्ञ छौँ । हालसम्म नेपालमा मासु व्यवसायीहारुको साथसाथै उपभोक्ताहरुलाई मासुबाट सर्ने रोगसम्बन्धी कुनै विस्तृत जानकारी छैन । व्यवस्थित तरिकाले पशु जाँच नगराई वध कार्य गर्दा मासु उत्पादनकलाई समेत विभिन्न रोगको शिकार हुने प्रवल संभावना हुनुका साथै उपभोक्तहरुको स्वास्थ्यलाई समेत प्रतिकुल असर पर्न जान्छ । दुषित मासु वा अव्यवस्थित तरिकाबाट बिक्री वितरण गरिएको मासुको उपभोगले जनस्वास्थ्यमा गम्भीर प्राभाव पारेकोबारे एक सर्वेक्षणले जनाएको छ । मानिसलाई लाग्ने रोगहरुमध्ये ६० देखि ७० प्रतिशत अव्यवस्थित तरिकाबाट रोगी पशुहरुको मासुबाट लाग्ने गरेको पाइन्छ । पशुबाट मान्छेमा सार्ने रोग (zoonotic disease) र बिक्री वितरण समयमा अव्यवस्थित तरिकामा राखी संरक्षित गर्न नसकि शुक्ष्म जिवाणुबाट सर्ने रोगबारे अज्ञानताले गर्दा उपभोक्तहरुले परिस्थितिलाई थाहा नपाएर यी कुरामा चाँसो देखाएका छैनन् । मासु जन्य रोग दुई किसिमले सर्ने गर्दछ । जस्तै:
१५.१) शुक्ष्म जीवाणुबाट सर्ने रोगहरु:
पशु वधगर्दा अपनाउनु पर्ने मापदण्डहरुलाई राम्रोसँग अनुशरण नगरी तयार गरिएको मासुलाई ठीक ढंङ्गले संरक्षण नगर्दा शुक्ष्म जीवाणुहरु मासुमा सरी विभिन्न रोगका शीकार हुन जान्छन् । शुक्ष्म जीवाणुबाट सर्ने रोगहरु मुख्यतया निम्नानुसार पाईएका छन् । जस्तै: Salmonellosis, Campylobacteriosis, Listeriosis, Interstinal Bleeding, Diarrhoea, Listeria mono-cytogenesis, Cholera.
१५.२) पशुबाट मानिसमा सर्ने रोगहरु:
पशुपन्छीबाट मानिसमा सर्ने मुख्य जुनोटिक रोगहरु निम्न अनुसार छन । जस्तै :
(१) बर्ड फ्लु (द्ष्चbird flu): यसलाई Avian Influenza , Avian flu तथा Highly Pathogenic Avian Influenza – HPAIको नामले चिनिन्छ । यो रोगका विभिन्न प्रजातिहरु मध्ये ज्छल्ज्ञ ⁄ ज्ठल्ठ बढी संक्रामक मानिन्छ । यो रोग कुखुरा, हांस, टर्की र जंगली चराचुरुङ्गीमा भाईरसबाट लाग्ने अति संक्रामक रोग हो ।
पन्छीमा देखापर्ने मुख्य लक्षणहरु:
– धेरै कुखुरा एकै पटक मर्ने ।
– स्वास प्रस्वास सम्बन्धी गम्भीर लक्षण देखा पर्ने ।
– टाउको सुनिनु ।
– सिउर र लोती निलो हनु ।
– हरियो छेर्ने ।
– खुट्टाको भुत्ला नभएको भागमा रक्तश्राव भै रातो वा वैजनी रंगको देखिनु ।
– लेयर्स कुखुराको फूल उत्पादन एक्कासी घट्ने ।
– गिलो र पातलो बोक्रा भएको फूल पार्ने
– पानी धेरै पिउन खोज्ने ।
– नाक मुखबाट सिगान र र्याल बग्ने ।
मानिसमा देखापर्ने मुख्य लक्षणहरु:
– ज्वरो आउने, घाँटी दुख्ने, सुख्खा खोकी लाग्ने, जीउ दुख्ने, थकाई लाग्ने, निमोनिया हुने ।
उपचार: यसको उपचार प्रभावकारी छैन ।
रोकथामका उपायहरु:
– कुखुरा फर्ममा जैविक सुरक्षा कडाईका साथ अपनाउने ।
– कुखुरा फार्ममा काम गर्ने व्यक्तिले व्यक्तिगत सरसफाईमा ध्यान दिने ।
– मासु तथा अण्डा राम्रो सँग पकाएर मात्र खाने ।
– मरेका र विरामी पन्छीको मासु नखाने र नबेच्ने ।
– पन्छी तथा पन्छी जन्य पदार्थको ओसार पसारमा रोक लगाउने ।
– मरेको पन्छी खाडल खनेर गाडने ।
– पंछीसँग अनावश्यक लसपस नगर्ने ।
(२) स्वाइन फ्लु (swine flu): इन्फ्लुएन्जा ए H1N1 भाइरसबाट बंगुरमालाग्ने रोग हो । यो रोग हाल मानिसमा पनि देखा पर्ने गरेको पाइन्छ ।
बंगुरमा देखिने मुख्य मुख्य लक्षणहरु: एक्कासी ज्वरो आउने, झोक्राउने, खोक्ने, नाक र आँखाबाट तरल बगिरहने, रुघा लाग्ने, आँखा रातो हुने र सुनिने, श्वास फेर्न कठिनाई हुने र खाना नखाने ।
मानिसमा देखिने मुख्य मुख्य लक्षणहरु: ज्वरो आउने, घाँटी दुख्ने, टाउको दुख्ने, शरीर कटकट खाने,खोकी लाग्ने,कुनै कुनैमा वान्ता आइरहने र पखाला लाग्ने, स्वास फेर्न कठिन हुने,निमोनिया हुने ।
रोकथाम ः संक्रमित व्यक्तिले हाँछ्युँ गर्दा र खोक्दा नाक, मुख सफा रुमालले छोपेर मात्र गर्ने, प्रत्येक पटक साबुन पानीले हात सफा गर्ने, संक्रमित रोगिबाट टाढा रहने, संक्रमित भएकोे थाहा पाएपछि एक हप्ता घरमै आराम गर्ने, व्यक्तिगत सरसफाईमा ध्यान दिने ।
(३)जापानी इन्सेफलाइटीस ( Japanese Encephalitis): यो रोग पशुपन्छीको शरीरमा भाइरसको वृद्धि विकासबाट हुने भएतापनि क्युलेक्स जातको पोथी लाम्खुट्टेले सार्दछ । यो रोग भाद्र देखि कार्तिक सम्म देखा पर्छ ।
लक्षणहरु ः शुरुमा ज्वरो आउने, टाउको दुख्ने, वाकवाक लाग्ने,वान्ता हुने र आलस्यान महशुस हुने । केहि दिनपछि नशासम्बन्धी लक्षण देखा पर्ने, घाँटी बांंङ्गिने र मुर्छा पर्ने ।
रोकथाम ः बिहान सवेरै वा साँझ अबेलासम्म आँगन, खेतीबारी,गोठमा बस्नु हुँदैन, सँधै झुल प्रयोग गर्ने, सुँगुर⁄बंगुर बधुवा गरी पाल्ने, गोठ÷खोर सफा सुग्घर राख्ने घर आँगन वरिपरी खाल्डाखुल्डी पुर्ने र सरसफाई गर्ने र वर्षायाम अगाडि केटाकेटीलाई जापानी इन्सेफलाईटिसविरुद्ध खोप लगाउने ।
(४)रेविज (Rabies ): रेविजबाट ग्रसित जनावरहरु कुकुर, स्याल, ब्वाँसो, फ्याउरो, न्याउरी मुसो र मांसहारी चमेरोको टोकाइबाट मानिस तथा अन्य स्तनधारी प्राणीमा सर्ने भाइरसबाट हुने प्राण घातक रोगलाई जनाउछ । यो रोग लागेको मानिस तथा पशु पानीबाट डराउने भएकोले यसलाई हाइड्रो फोविया नामले पनि चिनिन्छ ।
जनावरमा देखापर्ने मुख्य लक्षणहरु:
– रिसाहा, झोक्रिने, झम्टिने र जेपायो त्यही टोक्ने स्वभाव हुनु ।
– अनौठो व्यवहार वा व्यवहारमा एक्कासी परिवर्तन आउनु ।
– र्याल काढ्ने र पक्षघात हुने ।
– स्वास फेर्न तथा खानेकुरा खान नसक्ने ।
– पानी देख्दा तर्सने ।
मानिसमा देखापर्ने मुख्य लक्षणहरु:
– शुरुमा जनावरले टोकेको ठाउँमा दुख्ने, झमझमाउने, चिलाउने ।
– त्यसपछि ज्वरो आउने, जाडो लाग्ने, थकित हुने, शरीरका मांसपेशीहरु दुख्ने, झर्कने
– स्वास फेर्न तथा खानेकुरा खान नसक्ने ।
– पानी देख्दा तर्सने ।
रोकथाम:
– संकास्पद जनावरले टोकेको घाउलाई तुरुन्तै साबुन पानीले धोएर स्प्रीट वा आयोडिन लगाउने ।
– डाक्टरको सल्लाह लिई खोप लगाउने ।
– सम्भव भएसम्म शंकास्पद कुकुरलाई १० दिन सम्म थुनेर निगरानी राख्ने ।
– संकास्पद जनावरले टोकेको घाउ खुल्ला राख्ने र नसिलाउने ।
– टिटानसको खोप लगाउने ।
– घरमा पालेर राखेका कुकुर र बिरालोलाई नियमित रुपमा रेविज रोग विरुद्ध खोप लगाउने ।
(४) पटके (Anthrax): यो रोग बेसिलस एन्थ्रासिस नामक सुक्ष्म जिवाणुबाट लाग्छ । यो रोग रोगिको लसपस भएको खाना,पानी,हावा आदि बाट सर्छ । यो स्पोर बनाउने भएकोले यसको स्पोर कडा हुन्छ जुन ६० वर्षसम्म माटोमा बाँच्न सक्छ ।
लक्षणहरु ः धरै जसो कुनै लक्षण नदेखाई अचानक मर्ने, ज्वरो आउने, सास फेर्न गाह्रो हुने, आँखा रातो हुने, पेट ढाडिने, मरेपछि नाक, मुख, मलद्वार आदिबाट नजम्ने रगत बग्ने ।
रोकथाम ः
– धेरै रोग देखिने ठाउँमा पशु चिकित्सक वा पशु प्राविधिकको सिफारिसमा खोप लगाउने ।
– मरेका पशुलाई गहिरो खाडल खनेर गाडने् ।
– पट्केको शंका लागेको रोगी पशुलाई कहिल्यै पनि चिरफार गर्नु हुँदैन ।
– रोगि पशुलाई बथानबाट अलग्गै राख्ने ।
– रोगिको सम्र्पकमा आएको पशुलाई पशु चिकित्सक वा पशु प्राविधिकको सल्लाहमा उपचार गराउने ।
(५) बोभाइन टयूबरकुलोसिस (Bovine Tuberculosis): गाई भैंसीमा लाग्ने क्षयरोगलाई बोभाइन टयूबरकुलोसिस भनिन्छ । यो रोग माईक्रोबेक्टेरिया बोभिस नामक जीवाणुबाट लाग्दछ । मानिस, गाई,भैसींमा यो रोगले बढी असर गर्दछ ।
लक्षणहरु: बिना कुनै कारण पाल्तु जनावरको स्वास्थ्य स्थिति कमजोर हुने र शारीरिक तौल घटदै जाने भएमा क्षयरोग लागेको शंका गर्नुपर्ने हुन्छ । फोक्सो रोगग्रस्त भएमा ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने, खोक्ने, जति खुवाएपनि जीउ नलाग्ने, तौल घटदै जाने गर्दछ । अन्य अंग रोगग्रस्त रहेछ भने सो सँग सम्बन्धित लिम्फ ग्रन्थिहरु सुनिएको हुन्छ ।
रोकथाम ः रोगी पशु बथानबाट हटाउने, गोठ सफा राख्ने र दुध तथा दुग्धजन्य पदार्थ उमालेर मात्र सेवन गर्ने, क्षयरोगको परिक्षण गराई राख्ने ।
(६) ग्लान्डर्स(Glanders): यो घोडा, खच्चर, गथामा संक्रामक रुपमा देखिने र मानिसलाई सर्न सक्ने खतरनाक रोग हो । यो रोग लागेमा उपचार हुँदैन । स्युडोमोनस मालेई नाम गरेको जीवाणुले हुने यो रोग लागेमा नाक भित्र तारा आकारको घाउ देखिन्छ भने छाला र फोक्सो रोगग्रस्त हुन सक्छ ।
लक्षणहरु: शुरुमा पातलो सिँगान बग्ने र पछि बाक्लो हुने, जुन खैरोे रङ्गको हुने, केराउ आकारको गिर्खा नाक भित्र देखा पर्ने र फुटेर घाउ बन्ने, तल्लो बंगाराको लिम्फ ग्रन्थि सुन्निने भएकोले चपाउन अप्ठ्यारो हुने, छाला रोगग्रस्त भएमा लिम्फ ग्रन्थि वरिपरि घाउ देखा पर्ने, फोक्सो रोगग्रस्त भएमा सास फेर्न गाह्रो हुने ।
रोकथाम: माईलेन टेष्ट गरी रोगको निदान गर्ने ,रोगी पश बथानबाट हटाउने, मरेको पशु गहिरो खाडलमा गाड्ने ।
(७) ओर्निथोसिस (Ornithosis): यो रोग क्लामिडिया सिटासी नाम गरेको रिकेट्सियाबाट खासगरी सुगालाई लाग्ने गर्दछ तर परेवा, अन्य चराचुरुङ्गी र मानिसमा पनि देखा पर्न सक्छ ।
लक्षणहरु: चराहरुमा रोगको लक्षण साधारणतः देखा पर्दैन तर असामान्य स्थिति जस्तैः दानापानीमा परिवर्तन, एक ठाउँवाट अर्काे ठाउँमा स्थानान्तरण गर्दा रोगको स्पष्ट लक्षण देखा पर्नसक्ने । प्रमुख लक्षणहरुमा खाना नखाने, रगत मिसिएको छेर्ने, सास फेर्न गाह्रो हुने, झोक्रयाउने र सिँगान फाल्ने ।
(८) ब्रुसेलोसिस (Brucellosis): बुसेल्ला जातिका जिवाणुको संक्रमणबाट पशुहरुमा गर्भ तुहिने, अण्डकोष सुनिने, जोर्नी सुनिने, प्रजनन्मा ह्रास आउने र ज्वरो आउने चिन्ह तथा लक्षण देखाउने रोगलाई ब्रुसेलोलिस भनिन्छ । मानिसमा देखिने ब्रुसेलोसिस रोगलाई माल्टा फिवर, अण्डुलेन्ट फिवर पनि भनिन्छ ।
मानिसमा देखिने मुख्य लक्षणहरु: ज्वरो आउने र छोड्ने, पसिना आउने, टाउको दुख्ने, ढाड दुख्ने, रिंगटा लाग्ने, घँुंडा र जोर्नी सुन्निने आदि ।
पशुमा देखिने मुख्य लक्षणहरुः पशुहरुमा गर्भ तुहिने, मरेको बच्चा जन्मिने गर्भमै बच्चा सुक्ने, साल अड्किने, बाँझोपन देखिने, अण्डकोष सुन्निे आदि ।
रोकथाम:
– उमालेको वा प्रशोधन गरेको दुध मात्र सेवन गर्ने ।
– रोगी पशुलाई अलग राख्ने वा बथानबाट हटाउने ।
– विरामी पशुलाई अन्य पशुसँग संसर्ग नगराउने ।
– पशुलाई ब्रुसेलोसिसको खोप लगाउने ।
– गोठ तथा व्यक्तिगत सरसफाईमा ध्यान दिने ।
(९) टक्सोप्लाज्मोसिस (Toxoplasmosis): यो रोग Toxoplasmosis gondii नामक शुक्ष्म परजीविबाट मानिस तथा पशुहरुमा लाग्छ । बिरालोको आन्द्रामा पाईने यो परजिविको अण्डा बिरालोले दिसा गरेको स्थानमा महिनौ दिनसम्म पनि बाँची रहन्छ जसको संक्रमणबाट पशु तथा मानिसमा यो रोग लाग्न सक्दछ ।
रोगका लक्षणहरु: यो रोगका लक्षण एकै नासको देखिदैन । प्रमुख लक्षणहरुमा ज्वरो आउने, जाडो लाग्ने, थकाई लाग्ने, टाउको दुख्ने आदि हुन् । यस संक्रमणबाट स्नायु प्रणाली प्रभावित भएमा यसले आँखा,मष्तिस्क र अन्य अंगहरुमा असर पार्न सक्छ । गर्भवति महिलामा पहिलो पटक संक्रमण भएको खण्डमा गर्भ पतन हुने विकलांग बच्चा जन्मिने वा जन्मना साथ मृत्यु हुन सक्छ ।
रोकथाम ः
– बिरालोले दिसा गर्ने बँगैचामा काम गर्दा पञ्जा लगाएर मात्र काम गर्ने । काम गरी सकेपछि साबून पानीले राम्ररी हात धुने ।
– काँचो वा राम्ररी नपोकेको मासु बिरालोलाई नखुवाउने ।
– उमालेको वा क्लोरिन चक्की राखेको वा प्रशोधित पानी मात्र पिउने ।
– फलफुल तथा कांचो तरकारी बोक्रा फालेर वा राम्ररी स्वच्छ पानीमा पखालेर मात्र खाने ।
– कांचो मासुको संसर्गमा आएका भाँडा वर्तन, खाना राख्ने वर्तन, पकाउने भाँडा तथा आफ्नो हात राम्ररी सफा गर्ने ।
(१०) हाइडाटिडोसिस : कुकुर जातिमा लाग्ने इकिनोकोक जातको फित्ते जुकाको अण्डाको संक्रमणबाट हुने रोगलाई हाइडाटिड रोग वा इकाईकोकोसिस् भनिन्छ ।
लक्षणहरु: सिष्ट विकास भएको शरीरको अंग विस्तारै ठुलो आकारको हुनु वा सुन्निनु, शरीरमा असहज महसुस गर्नु, सिष्टले संक्रमित अंगलाई काम गर्न नसक्ने बनाईदिन पनि सक्ने, सिष्टको विकास प्राय कलेजोमा र कहिले काहीँ फोक्सो तथा शरीरको अन्य अंगमा पनि हुन सक्ने, सिष्टको आकार, असर गरेको शरीरको अंग र सिष्टको संख्या अनुसार लक्षण पनि फरकफरक देखिन सक्ने, हाइडाटिड सिष्टको विकास विस्तारै हुँदै जाने हुँदा रोगको लक्षण देखिन वर्षाैं पनि लाग्न सक्ने, रोगको सुरुको अवस्थामा मानिसले थाहा नपाउने हुँदा रोग निदानमा हेक्का पु¥याउन सक्दैनन । ठूलो आकारको सिष्ट शरीरभित्र नै फुट्न गएमा मानिसको मृत्यु समेत हुन सक्ने ।
रोकथाम:
– कुकुरलाई छोएपछि साबुन पानीले हात राम्ररी धुने ।
– ताजा फलफुल तथा काँचो तरकारी स्वच्छ पानीमा राम्ररी पखालेर मात्र खाने ।
– कुकुरलाई नियमित रुपमा परजिवी विरुद्ध उपयुक्त औषधी दिने ।
– कुकुरलाई सिष्ट भएको मासु खान नदिने ।
– कुकुरलाई काँचो मासु खान नदिने ।
– कुकुरलाई जथाभावी छाडा नछोडने ।
(११) लेप्टोस्पाइरोसिस (Leptospirosis): लेप्टोस्पाइरा जातिको जिवाणुको संक्रमणबाट पशु तथा मुसा जाति
लगायत मानिसमा हुने रोगलाई लेप्टोस्पाईरोसिस भनिन्छ । यो रोगलाई मड फिवर, क्यानिकोला फिवर, वेल्स डिजिज, हेमेरेजिक जण्डिस, स्वाम्प फिवर नामले पनि चिनिन्छ ।
मुख्य लक्षणहरु: यो रोग मानिसमा लाग्दा शुरुमा फ्लु रोगको संक्रमण झैं लक्षणहरु देखा परी लगातार टाउको दुख्ने, ज्वरो आउने, वान्ता हुने, जिउ दुख्ने, आँखा रातो हुने, छालामा मसिनो बटारिएको डोरी जस्तो रातो धर्सा हुने र केहिमा कमलपित्त हुने, मष्तिस्कको सुजन र मृगौलाले काम नगर्ने ।
रोकथाम:
– मुसा तथा छुचुन्द्रो नियन्त्रण गर्ने ।
– दाना, पानी तथा खाद्य पदार्थमा मुसा तथुा छुचुन्द्रोको पिसाब पर्नबाट जोगाउने ।
– घाउ,चोटपटक लाग्दा तुरुन्तै साबुन पानीले राम्ररी सफा गर्ने र पानी नछिर्ने पट्टी बाँधेर मात्र पुनः काममा जाने ।
– पशुको सम्पर्कमा आए पनि, फोहोर मैला छोएपछि साबुन पानीले राम्ररी हातगोडा धुने ।
– पानी उमालेर मात्र प