शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका १७ जना सम्पर्कविहीन, खोजीमा प्रहरी–सेना परिचालित

होमपेज / मुख्य समाचार / समाचार /
तीन जना टेलिफोन सम्पर्कमा !
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका १७ जना सम्पर्कविहीन, खोजीमा प्रहरी–सेना परिचालित
  • रेडियो सुदूर सञ्चार
  • ४ साउन २०८३ (२१ घण्टा अघि)
  • १२१

बेलाैरी, कञ्चनपुर -

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासका जङ्गल क्षेत्रमा च्याउ खोज्न गएका १७ जना सम्पर्कविहीन भएपछि सुरक्षा निकायले व्यापक खोजी गरि रहेको छ।

हराएकामध्ये बेलडाँडीका तीन महिलासँग सोमबार बिहान टेलिफोन सम्पर्क भए पनि भीमदत्त नगरपालिका–१९ बागफाँटाका १४ जनाको अवस्था अझै अज्ञात रहेको कञ्चनपुर प्रहरीले जनाएको छ।

प्राप्त जानकारी अनुसार बागफाँटा दशरथटोलका १४ जना आइतबार बिहान च्याउ खोज्न निकुञ्ज क्षेत्रमा प्रवेश गरेका थिए। साँझसम्म घर नफर्किएपछि परिवारजन चिन्तित बनेँ।

त्यसपछि नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीको संयुक्त टोली परिचालन गरी रातिदेखि नै खोजीकार्य सुरु गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक (एसपी) नेत्रमणि गिरीका अनुसार याे समाचार तयार पार्दा सम्म पनि बागफाँटाका १४ जनासँग कुनै सम्पर्क हुन सकेको छैन।,

उनीहरूको खोजीका लागि निकुञ्जभित्रका विभिन्न सम्भावित क्षेत्रमा टोलीहरू खटिएका छन्। खोजी कार्यमा जिल्ला प्रहरी कार्यालयबाट जम्बाे प्रहरी टाेली परिचालित गरिएको छ।, 

रेडियो सुदूरसञ्चार संगकाे टेलिफोन कुराकानीमा एसपी गिरीले भने- "नेपाल प्रहरी संगै नेपाली सेना समेत खाेजिकार्यमा खटिएका छन्।भने, हामीलाई स्थानीयले समेत सहयोग गरिरहेका छन्।,

उता, बेलडाँडी गाउँपालिका–२ चवन्नीका मञ्जु क्षेत्री, लक्ष्मी थापा मगर र सीता चौधरीसँग सोमबार बिहान टेलिफोन सम्पर्क भएको जनाइएको छ।

बेलडाँडी प्रहरीका अनुसार ती महिलामध्ये एक जनाले बिहान आफन्तलाई फोन गरेकी थिइन्। फोनमा उनीहरूले आफूहरू सकुशल रहेको तर जङ्गलमा बाटो बिराएर रातभर निकुञ्जभित्र रहेको एउटा सिमलको रुखमुनि बसेको बताएका थिए।

महिलाहरूले आफ्नो अवस्था सामान्य रहेको जानकारी दिए पनि आफूहरू निकुञ्जको कुन क्षेत्रमा छन् भन्ने यकिन गर्न नसकेकाले उद्धार टोलीलाई उनीहरूसम्म पुग्न कठिनाइ भइरहेको छ।

जङ्गलभित्र मोबाइल नेटवर्कको पहुँच कमजोर भएकाले उनीहरूसँग निरन्तर सम्पर्कसमेत हुन नसकेको प्रहरीले जनाएको छ।

यतिबेला फोनबाट प्राप्त सूचनाका आधारमा सम्भावित क्षेत्रको पहिचान गरी खोजीलाई थप केन्द्रित गरिएको छ। बेलडाँडी क्षेत्रबाट नेपाल प्रहरी, नेपाली सेना तथा स्थानीयवासीको संयुक्त टोली समेत उद्धारमा जुटेको छ।

वर्षायाममा जङ्गल क्षेत्रभित्र च्याउ सङ्कलनका लागि जाने क्रम बढेसँगै यस्ता घटना दोहोरिन नदिन कञ्चनपुर प्रहरीले सर्वसाधारणलाई जंगल भित्र प्रवेशमा राेक लगाएको छ।भने उच्च सतर्कता अपनाउन समेत आग्रह गरेको छ।

अन्तिम अध्यावधिक: ४ साउन २०८३
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस