कञ्चनपुर : बेलौरीमा ‘ओल्के हेरिटेज राइड’ सम्पन्न

होमपेज / विविध / समाज / समाज / समाज / समाज / स्वास्थ्य/शिक्षा /
स्वस्थ जीवनशैली र पर्यटन प्रवर्द्धनको सन्देश
कञ्चनपुर : बेलौरीमा ‘ओल्के हेरिटेज राइड’ सम्पन्न
  • चन्द्रिका चौधरी
  • ३१ साउन २०८३ (४ घण्टा अघि)
  • १७४

बेलौरी, कञ्चनपुर ।

ओल्के पर्वको अवसरमा सुदूरपश्चिम राइडर्सद्वारा आयोजित ‘ओल्के हेरिटेज राइड–२०८३’ शनिबार बेलौरीमा पनि सम्पन्न भएको छ।

पर्यावरण संरक्षण, स्वस्थ जीवनशैली तथा स्थानीय धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित राइडमा बेलौरीका साइकलप्रेमीहरूको उत्साहजनक सहभागितामा उक्त ओल्के राइड सम्पन्न भएको हाे ।

राइडरहरूले बेलौरी बजार हुँदै ऐतिहासिक श्री कालिका मन्दिर, बन्दाताललगायत नगर क्षेत्रका अन्य विभिन्न धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण गरेका थिए।

राइडका क्रममा सहभागीहरूले बेलौरीका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाको अवलोकन गर्दै ती क्षेत्रको पर्यटन प्रवर्द्धनको सन्देशसमेत दिएका छन्।

वात्सल्य विद्या निकेतनका प्रिन्सिपल लक्ष्मण सिंह दियालले ओल्के पर्वको अवसरमा आयोजना गरिएको राइडले स्वास्थ्यसँगै बेलौरीका धार्मिक तथा पर्यटकीय गन्तव्यको प्रचार–प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

उनले साइकलिङलाई स्वास्थ्य, वातावरण र पर्यटनसँग जोडेर अघि बढाउन सके स्थानीय पर्यटन प्रवर्द्धनसँगै युवाहरूमा स्वस्थ जीवनशैलीको विकास गर्न सकिने बताए।

सुदूरपश्चिमका विभिन्न जिल्लामा समेत आयोजना गरिएको ‘ओल्के हेरिटेज राइड’ले प्रदेशको मौलिक संस्कृति, प्राकृतिक सौन्दर्य तथा ऐतिहासिक सम्पदालाई साइकलिङमार्फत प्रवर्द्धन गर्ने उद्देश्य लिएको आयोजकले जनाएको छ।

कार्यक्रमका मुख्य योजनाकार सम्राट साईकीले राइडलाई सफल बनाउन सहयोग गर्ने भरत विक्रम शाह तथा बेलौरीमा संयोजन गर्ने नरेश पाण्डेलगायत सम्पूर्ण राइडरप्रति धन्यवाद व्यक्त गरेका छन्।

राइडका सहभागीहरूले ‘पर्यावरण, स्वास्थ्य र पर्यटनका लागि साइक्लिङ गरौँ’ भन्ने सन्देश दिएका छन्। यस्तै, आयोजकले सम्पूर्ण सुदूरवासीमा ओल्के पर्वको शुभकामना व्यक्त गर्दै ओल्के हेरिटेज राइड–२०८३ सफल रुपमा सम्पन्न भएको जनाएको छ।

अन्तिम अध्यावधिक: ३१ साउन २०८३
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस