जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङमा कर्णाली याक्स, देव खनाल १ र शिखर धवन १४ रनमा आउट

होमपेज / खेलकुद / मुख्य समाचार /
जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङमा कर्णाली याक्स, देव खनाल १ र शिखर धवन १४ रनमा आउट
  • रेडियो सुदूर सञ्चार
  • १७ मंसिर २०८१ (१ बर्ष अघि)
  • २७०

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको तेस्रो खेलमा अहिले कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दैछन् ।

आफ्नो पहिलो खेलमा विराटनगर किङ्सलाई हराएको जनकपुर अहिले भारतीय चर्चित क्रिकेटर शिखर धवनसहित उत्रिएको कर्णाली एक्ससँग भिड्दैछ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेल मैदानमा भइरहेको खेलमा पहिले ब्याटिङ थालेको कर्णाली याक्सले सुरुवाती धक्का ब्यहोरेको छ ।

उसका ओपपनर देव खनाल र शिखर धवन सस्तैमा आउट भएका छन् । खनाल ५ बलमा १ रन बनाउँदै आउट भए । यो खेलका मुख्य आकर्षण नै शिखर धवन थिए ।

अर्कातिर एनपीएको पहिलो खेल खेलिरहेका शिखर धवन पनि सस्तैमा आउट भएका छन् । उनी १४ बलमा १४ रन बनाएको अवस्थामा आउट भए ।

ताजा अवस्थामा कर्णालीले ५ ओभर ब्याटिङ गर्दै २ विकेटको क्षतिमा २९ रन बनाएको छ । उसले  दुवै ओपनर गुमाएकाले अब दबाबमा परेको छ ।  अहिले क्रिजमा चाडविक वाल्टन र बाबर हायत छन् ।

यो खेलमा जनकपुरबाट अनिल साह र कर्णालीबाट साेमपाल कामीले नेतृत्व गरेका छन् ।

जनकपुर बाेल्ट्स 

आसिफ शेख – मार्की, ललित राजवंशी, अनिलकुमार साह, रुपेश सिंह, किशोर महतो, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल, हेमन्त धामी, अरनिको प्रसाद यादव, तुलबहादुर थापा मगर, जिमी निशम (न्युजिल्यान्ड), जोशुआ ट्रम्प (अमेरिका), बेन माइक (इंग्ल्यान्ड), मोहमद मोहसिन (पाकिस्तान), लाहिरू मिलन्था (अमेरिका), हर्ष थाकर (क्यानडा)।

कर्णाली याक्स

सोमपाल कामी– मार्की, गुलशन कुमार झा, नन्दन यादव, मौसम ढकाल, अर्जुन घर्ती, देव खनाल, रित गौतम, भुवन कार्की, दिपेन्द्र रावत, दिपक डुम्रे, युनिसविक्रम सिंह ठकुरी, शिखर धवन (भारत), बाबर हायत (हङकङ), चाडविक वाल्टन (वेस्ट इन्डिज), जीशान मक्सुद (ओमान), विपिन शर्मा (आइकोनिक)।

अन्तिम अध्यावधिक: १७ मंसिर २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस