व्यक्ति विशेषका योजना काटेको हुँ : मन्त्री थापा

होमपेज / मुख्य समाचार / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • ११ पुष २०८१ (५ महिना अघि)
  • ३१४

केशव थापा / कञ्चनपुर -

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुर सिह थापाले अघिल्लो सरकारले व्यक्ति विशेषका ल्याएका योजना आफुले काटेको बताएका छन् । 
बिहीबार नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरको पदस्थापना दिवस कार्यक्रममा आर्थिक मामिलामन्त्री थापाले अघिल्लो सरकारले व्यक्ति विशेष ल्याएका योजना आफुले काटेको बताएका हुन् ।

‘म विशेष जटिल परिस्थितिमा मन्त्री बनेको हुँ, अधिल्ला सरकारले व्यक्ति विशेषका लागि ल्याएका योजना काटे, ‘उनले भने, ‘राम्रो योजना मात्रै ल्याएको छु अब प्रदेशका योजना अघि बढ्छन ।’ बजेटमा अघिल्ला सरकारका योजनामा थुप्रै कमिकजोरी भएकाले योजना संशोधन गरेर नयाँ बजेट ल्याएको बताए । 

सविधान संशोधन मार्फत मुलुकमा सुशासन ल्याउनुपर्नेमा जोडदिदै उनले आर्थिक सुशासन कायममा जोडदिएका  छन् । प्रदेश सरकारले आर्थिक बृद्धि विकासका कार्यक्रम अघि संचालन गरेको बताए । आर्थिक सुशासनदेखि वित्तिय सुशासनका लागि पत्रकारको समेत महत्वपूर्ण भूमिका हुने बताए । 

 

अन्तिम अध्यावधिक: ११ पुष २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस