प्रचण्डको सचिवालय हेर्ने जिम्मा आचार्यलाई

होमपेज / मुख्य समाचार / राजनीति / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २१ माघ २०८१ (३ महिना अघि)
  • १३०

पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा गोविन्द आचार्यलाई जिम्मेवारी तोकिएको छ ।

उनले सचिवालयका सबै कामकारबाही हेर्नेगरी जिम्मेवारी पाएका हुन् ।

पार्टीको सोमबार बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको एक पदाधिकारीले जानकारी दिए ।

ती पदाधिकारीका अनुसार सचिवालयमा बसेर काम गर्दै आएका रमेश मल्लाई भने विशेष प्रदेशको सह–ईन्चार्जको जिम्मेवारी दिइएको छ ।

आचार्य यसअघि प्रचण्ड प्रधानमन्त्री हुँदा प्रेस सल्लहकारको भूमिकामा थिए ।

अन्तिम अध्यावधिक: २१ माघ २०८१
Loading...
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस