पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले ०६४ को निर्वाचनमा जनताले गरेको माया तिरै फर्कने बताएका छन्।
मंगलबार म्याग्दीको बेनीमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले अब जनताको माया तिरै फर्कने कसम खाएर देशभर हिँडिरहेको दाबी गरे ।
‘ माओवादीलाई पहिलो चोटी जनताले अपार विश्वास गरेकै हो । कांग्रेस र एमाले त कता हो कता तल पारिदिएकै हो, हामीलाई तपाईंहरूले गरेको माया पचेन कि पचाउन सकिएन । भुइँ छाड्न थालियो,’ प्रचण्डले सम्बोधनको क्रममा भने, त्यो सम्पूर्ण तागत जनताकै भएकाले आफू कसम खाएरै जनताको दैलोमा फर्किएको बताए ।
हामी हिजो जंगलमा थिएनौं, जनताको काखमा थियौं अध्यक्ष प्रचण्डले भने, - अहिले हामी काठमाडौंको जंगलमा भयौं । त्यहाँ पनि मजदुर र किसान छन् । ती समुदायसँग सम्बन्ध स्थापित गर्ने र जनतातिर फर्कने कसम खाएर म देशभर हिँडिरहेको छु ।
‘ हिजो हामीले केही त्रुटि गर्यौं होला ‘अब एकचोटी त्रुटि सच्याउने, आफ्नै वर्ग समुदाय, शहिद, अपाङ्ग, दलित, आदिवासी जनजाती, किसान मजदुर, मुस्लिम, थारु, मधेशी एवम् नेपाली जनताको माया तिरै फर्कने संकल्प गरेका छौं ।’ उनले भने,