ट्रेण्डिङ

विश्वकै दोस्रो बढी प्रदूषित देशको सूचीमा नेपाल

होमपेज / मुख्य समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २८ फागुन २०८१ (५ महिना अघि)
  • ३४०

नेपाल आज विश्वकै दोस्रो बढी प्रदूषित देशको सूचीमा परेको छ। स्विट्जरल्यान्डस्थित वायु गुणस्तर निगरानी गर्ने डाटाबेस आईक्यूएयरका अनुसार लामो समयदेखि पानी नपर्दा नेपालको वायु प्रदूषण अति अस्वस्थ स्तरमा पुगेको हो । 

प्रदुषित शहरको शीर्ष स्थानमा भारत रहेको छ । आज बिहान दाङको देउखुरी क्षेत्रको वायुको गुणस्तर सबैभन्दा खराब रहेको र त्यहाँको वायुको गुणस्तर १९२ एक्यूआई मापन भएको वातावरण विभागले जनाएको छ। कैलालीको धनगढी, भक्तपुर, काठमाडौंको शंखपार्क र रत्नपार्क तथा ललितपुरको खुमलटार, भैँसेपाटी क्षेत्रको हावा अति अस्वस्थकर तहमा पुगेको छ ।

अन्तिम अध्यावधिक: २८ फागुन २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस