स्ववियु निर्वाचन ०८१ : कञ्चनपुरका ६ क्याम्पसमा मतदान

होमपेज / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • ५ चैत २०८१ (२ महिना अघि)
  • २७८

कञ्चनपुर -

कञ्चनपुरका विभिन्न ६ क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी(यूनियन)को निर्वाचन हुन लागेको छ । त्रिभुवन विश्वविद्यालय अन्र्तरगत रहेका जिल्लाका सम्बन्धन प्राप्त क्याम्पसहरुमा विद्यार्थी नेता(स्ववियु) चयनका लागि निर्वाचन हुन लागेको हो । 

मंगलबार त्रिविले तोकेको निर्धारित समयमै मतदान शुरु भएको क्याम्पसहरुले जनाएका 
छन् । रौलेश्वर जनता आर्दश बहुमुखी क्याम्पस बेलडाँडी, रामपुर बहुमुखी कलकत्ता, महाकाली बहुमुखी क्याम्पस बेलौरी, जनता बहुमुखी क्याम्पस पुर्नवास, कञ्चन बहुमुखी क्याम्पस गुलरिया र भानु बहुमुखी क्याम्पस दोधारामा निर्वाचन भईरहेको छ । भानु बहुमुखी क्याम्पस दोधाराका उपप्राध्यापक डम्बर जोशीले त्रिविले तोेकेकै समयमा मतदान भईरहेको बताए । कञ्चन बहुमुखी क्याम्पस गुलरियाका क्याम्पस प्रमुख राजेन्द्र भट्टले पनि मतदान भईरहेको बताए ।

यस अघि कृष्ण बैजनाथ र दानेश्वर बहुमुखी क्याम्पसमा निर्बिरोध स्ववियु चयन भएको छ । रामपुर क्याम्पसमा केही बेरमा हुने भएको छ । कृष्ण बैजनाथ झलारीमा नेवि संघ सभापति सहित अखिल क्रान्तिकारी, अनेरास्ववियुविच भागबण्डा भएको छ । दानेश्वरमा अनेरास्ववियुकै प्यानलै र रामपुर बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीको सभापति बाहेक पदाधिकारी सदस्य यस अघि निर्बिरोध निर्वाचित भएका छन् ।

त्रिविको आंगिक क्याम्पस सिद्धनाथ विज्ञान सहित कञ्चन विद्यामन्दिर सामुदायिक कलेज, जनज्योती, घटाल, उदयसरस्वती र वारिधी, बालजागृतीमा निर्वाचन हुन लागेको छैन । सिद्धनाथ विज्ञान क्याम्पसले धम्कीले निर्वाचन गर्न नसकिएको भन्दै स्थगन गरेको छ । सत्ताधारी अनेरास्ववियुले वारिधी, बालजागृतीमा तालाबन्दी गरेको छ । अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष दल बहादुर धामी(अरिबल)ले नेता बन्ने नर्सरी विद्यार्थीबाटै छान्नका लागि उत्लासपूर्ण मतदान भईरहेको बताए ।

अनेरास्ववियु जिल्ला अध्यक्ष अमर धामीले सबै क्याम्पसमा होमिएर निर्वाचन भईरहेको बताए । नेवि संघ अध्यक्ष नरेश पण्डितले निर्वाचन भईरहेका सबै क्याम्पसहरुमा नेवि संघको उम्मेदवारी दिएको मतदानमा नेवि संघले पूर्ण सघाईरहेको बताए । यस अघि ०७९सालमा भएको स्ववियु निर्वाचनमा ८मात्रै क्याम्पसमा भएको थियो । 

अन्तिम अध्यावधिक: ५ चैत २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस