बेलडाँडी : रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल विजयी

होमपेज / मुख्य समाचार / समाचार /
बेलडाँडी : रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल विजयी
  • रेडियो सुदूर सञ्चार
  • ५ चैत २०८१ (१० महिना अघि)
  • ६४६

बेलडाँडी –

बेलडाँडी गाउँपालिकास्थित रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसको निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को प्यानल पुरै विजयी भएको छ । प्रतिद्वन्द्वी अनेरास्ववियुकी उम्मेदवार सविना कुमारी खत्री नेतृत्वको समूहलाई पराजित गर्दै नेविसंघका मोहन जैशी नेतृत्वको टिमले जित निकालेको हो ।

निर्वाचन अधिकृत नारायण दत्त जोशीका अनुसार अध्यक्ष पदका उम्मेदवार जैशीले ६२ मत प्राप्त गर्दै विजयी भए भने उनका प्रतिस्पर्धी अनेरास्ववियुकी खत्रीले ३० मतमा सीमित रहिन्। सचिव पदमा विनिता साउद, कोषाध्यक्षमा शर्मिला जोशीसहित सम्पूर्ण पदमा नेविसंघका उम्मेदवार विजयी भएका छन् ।

बिहान ८ बजेबाट सुरू भएको मतदान प्रक्रियामा कुल १२१ मतदाता मध्ये ९४ जनाले आफ्नो मताधिकार प्रयोग गरेका थिए । विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको क्याम्पस प्रशासनले जनाएको छ ।

जितपछि विजयी विद्यार्थीहरूमा उत्साह छाएको छ। क्याम्पस परिसरमा विजयी टीमको उत्सव मनाइएको छ भने समर्थकहरू खुशी व्यक्त गर्दै ‘नेविसंघ जिन्दावाद’ का नारासहित खुशीयाली मनाएका छन् ।

अन्तिम अध्यावधिक: ५ चैत २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस