प्रहरीले सार्वजनिक गर्‍यो २५ करोड बोकेको ट्रकसहित पक्राउ परेका व्यक्ति

होमपेज / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • ५ चैत २०८१ (२ महिना अघि)
  • ३०६

प्रहरीले काठमाडौँको झोरबाट बरामद गरिएको करोडौँ नेपाली र विदेशी रकम सार्वजनिक गरेको छ । आज पत्रकार सम्मलेन गर्दै प्रहरीले उक्त रकम सार्वनिक गरिएको हो । प्रहरीका अनुसार नेपाली र विदेशी गरी कुल २५ करोड १ लाख ६० हजार रुपैयाँ बरामद गरिएको छ । 

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति काठमाडौंको झोरबाट चीनको केरुङ जाने तयारीमा रहेको ना१ख १६५२ नम्बरको ट्रक नियन्त्रणमा लिएका थियो । उक्त ट्रकमा नेपाली रुपैयाँ, अमेरिकी डलर, युरो गरि क२५ करोड १ लाख ६० हजार रुपैयाँ  नगद भेटिएको हाे । प्रहरीले ट्रक चालक  कुसाङ लामालाई नियन्त्रणमा लिएको छ । चालकले आफू भरिया मात्र भएको बयान प्रहरीसमक्ष दिएका छन् । पक्राउ परेका लामा पहिले पनि सुन तस्करीमा संलग्न रहेको पाइएको छ । 

अन्तिम अध्यावधिक: ५ चैत २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस