ट्रेण्डिङ

कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजार पुग्याे

होमपेज / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • १५ जेठ २०८२ (३ महिना अघि)
  • २२५

सरकारले कर्मचारीको तलब वृद्धि नगरेपनि महँगी भत्ता ५ हजार रुपैयाँ पुर्‍याएकाे छ ।  बिहीबार अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणमार्फत कर्मचारीको तलब वृद्धि गर्न नसकिएपनि महँगी भत्ता ५ हजार पुर्‍याउने जानकारी दिए । 

कर्मचारीको तलब वृद्धि गर्नुपर्ने आवश्यकता बोध भएपनि स्रोत व्यवस्थापनमा परेको दबाबले गर्दा अपेक्षाअनुरूप तलब वृद्धि गर्न सम्भव नभएको अर्थमन्त्रीको भनाइ छ । तथापि २०८२ साउन १ देखि लागू हुने गरी सबै कर्मचारीले महँगी भत्ता पाँच हजार पाउने भएका छन्। 

यसअघि कर्मचारीहरुले महँगी भत्ता बापत दुई हजार पाउँदै आएका थिए । याे वर्ष तीन हजार महँगी भत्ता बढाएर पाँच हजार पुर्‍याइएकाे हाे । 

अन्तिम अध्यावधिक: १५ जेठ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस