नेपालमा यसवर्षको मनसुन पुनः सक्रिय

होमपेज / समाचार /
नेपालमा यसवर्षको मनसुन पुनः सक्रिय
  • रेडियो सुदूर सञ्चार
  • २९ जेठ २०८२ (१ बर्ष अघि)
  • ७३२

यस वर्षको मनसुन प्रणाली आजबाट पुनः सक्रिय भएको छ। 

मौसम पूर्वानुमान महाशाखाले मनसुन आगमन बुलेटिन-२ मार्फत कोशी प्रदेशको बाँकी भूभाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा प्रवेश गरेको जनाएको छ। 

नेपालमा यस वर्षको मनसुनको आगमन जेठ १५ गते कोशी प्रदेशबाट भएको  थियो। तर, त्यसपछि केही समय मनसुन निष्क्रिय भएको थियो। नेपालको बाँकी भूभागहरूमा  मनसुन भित्रिन अझै केही दिन लाग्ने सम्भावना रहेको छ।

यस वर्षको मनसुन प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको जनाएको छ। 

अन्तिम अध्यावधिक: २९ जेठ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस