ट्रेण्डिङ

डिएसपी चन्दको पहलमा ३ करोड ठगी गरेकी महिला सात महिनापछि पक्राउ

होमपेज / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • ३० जेठ २०८२ (२ महिना अघि)
  • ५२०

कैलालीको अत्तरियाबाट करिब तीन करोड रुपैयाँ ठगी गरी फरार भएकी विना चौधरी (योगी) काठमाडौंबाट पक्राउ परेकी छन्।

विगत २०८१ साल साउन महिनादेखि फरार रहेकी चौधरीलाई इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले गएराति काठमाडौंबाट पक्राउ गरी आजै कैलाली ल्याउने तयारी गरिएको छ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक रण बहादुर चन्दका अनुसार, चौधरीविरुद्ध परेका दुई वटा औपचारिक उजुरीको आधारमा खोजी कार्य अघि बढाइएको थियो। उनले अत्तरियाका विभिन्न व्यक्तिहरूसँग व्यक्तिगत रूपमा पैसा उठाएर सम्पर्कविहीन भएकी थिइन्।

घटना सार्वजनिक भएपछि चौधरी अपी सैपाल बचत तथा ऋण सहकारी संस्थासँग संलग्न रहेको विषय पनि चर्चामा आएको थियो। तर सहकारी संस्थाले प्रेस विज्ञप्ति जारी गर्दै चौधरी आफ्नो नियमित कर्मचारी नभएको र उनको व्यक्तिगत कारोबारप्रति संस्था उत्तरदायी नहुने स्पष्ट पारेको थियो।

प्रहरीले अब चौधरीलाई जिल्ला अदालतमार्फत कानुनी प्रक्रियामा ल्याउने तयारी गरिरहेको छ। घटनाले सहकारी तथा व्यक्तिगत लगानीप्रति सतर्कता अपनाउनुपर्ने आवश्यकतालाई पुनः उजागर गरेको छ।

अन्तिम अध्यावधिक: ३० जेठ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस