कञ्चनपुर क्षेत्र नं. २ मा तटबन्ध निर्माणका लागि करोडौं बजेट विनियोजन भएको छ। प्रतिनिधिसभा सदस्य एनपी साउदको पहलमा संघीय सरकारले तटबन्ध निर्माणका लागि करोडौं बजेट विनियोजन गरेको हो।
कञ्चनपुर क्षेत्र नं. २ स्थित कृष्णपुर नगरपालिकामा तटबन्ध निर्माणका लागि ३ करोड ३५ लाख बजेट विनियोजन भएको छ। कृष्णपुर–१ स्थित खारखोलामा एक्ले विजयसाल नजिक तटबन्ध निर्माण लागि ३ करोड, ओदालखोला, खारखोला तटबन्ध निर्माणमा २५ लाख र कृष्णपुर–४ स्थित मोहना नदीमा तटबन्ध निर्माणका लागि १० लाख बजेट रहेको छ।
यसैगरी शुक्लाफाँटाका विभिन्न नदीहरुमा तटबन्ध निर्माणका लागि ८० लाख बजेट विनियोजन भएको छ। शुक्लाफाँटा–९ सिसैयामा नदी नियन्त्रणका लागि १५ लाख, वडा नं. १० स्थित टोटी नाला नियन्त्रण १५ लाख, लालपनिया खोला नियन्त्रण १५ लाख, वडा नं. ८ स्थित घरकटुवा नदी नियन्त्रण १८ लाख र वडा नं. ७ स्थित सिमलफाँटा बस्ती संरक्षणका लागि १७ लाख बजेट विनियोजन भएको छ।
त्यस्तै, बेदकोट नगरपालिकामा नदी नियन्त्रणका लागि ३ करोड ४८ लाख बजेट विनियोजन भएको छ। बेदकोटको कनकट्टी खोलामा तटबन्ध निर्माणका लागि ३ करोड, गन्धा खोला नियन्त्रण १० लाख, साझगाड खोला नियन्त्रण २० लाख, साझगाड खोला बैताडामा तटबन्ध निर्माणका लागि १८ लाख बजेट विनियोजन भएको छ।
यसैगरी, जनताको तटबन्ध कार्यक्रम महेन्द्रनगरबाट साढे ५ करोडका योजनाहरु ठेक्का प्रक्रियामा रहेका छन्। जस अन्तर्गत कृष्णपुरको मछेली खोला तटबन्ध, गेटाघाट झुलंगे पुल नजिक तटबन्ध, शुक्लाफाँटाको सुनवरा नदीमा तटबन्ध, स्याली नदीमा तटबन्ध, खजुवास्थित स्याली नदीमा तटबन्ध हुनेछ।