काठमाण्डौको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गा नजिकै घुमाउने पसलमा माइक्रोबस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको सशस्त्र प्रहरीका सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
दुर्घटनामा चार बालबालिका, पाँच महिला र ११ जना पुरुष घाइते भएका छन् । घाइतेहरुको बलम्बुमा रहेको सशस्त्र प्रहरी बल नेपाल अस्पतालमा उपचार भइरहेको छ ।
काठमाण्डौबाट चितवनका लागि छुटेको बा३ख ८३२९ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकबाट झन्डै ८० मिटर तल खसेको थियो । माइक्रोबसमा चालक तथा सहचालकसहित २० जना सवार थिए ।
घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ नीलबाराही गण काठमाण्डौबाट खटिएको सुरक्षा फौजले उनीहरूको उद्धार गरेको सशस्त्र प्रहरीले जनाएको छ ।