सुदूरपश्चिममा दिउँसो भारी र राति अति भारी वर्षाको सम्भावना

होमपेज / समाचार / समाचार / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • ७ असार २०८२ (११ घण्टा अघि)
  • २८९

आज सुदूरपश्चिमका एक–दुई स्थानमा दिउँसो भारी र राति अति भारी वर्षाको आकलन गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आजको सम्भावित वर्षाबारे जानकारी दिंदै उक्त आकलन गरेको हो ।

महाशाखाले बिहान ६ बजे जारी गरेको संक्षिप्त बुलेटिनअनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा÷ हिमपातको सम्भावना छ ।

त्यस्तै, आज राति पनि सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा÷ हिमपातको सम्भावना छ ।

अन्तिम अध्यावधिक: ७ असार २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस