कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थानीय सरकारले आगामी आर्थिक बर्षदेखि थारु समुदायका विद्यार्थीलाई उच्च शिक्षाको पहुँचमा पु¥याउने नयाँ योजना अघि सारेको छ । कृष्णपुर नगरले आगामी आर्थिक बर्ष ०८२÷०८२का लागि नीति, कार्यक्रम तथा बजेट मार्फत थारु समुदायका विद्यार्थीलाई उच्च शिक्षाको पहुँचमा पु¥याउने नयाँ योजना अघि सारेको हो ।
सामुदायिक शिक्षा सुधारका लागि कृष्णपुरले चालु शैक्षिक सत्र ०८२देखि नगरका जनप्रतिनिधी, कर्मचारी, सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका सन्तानलाई अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गराउने अभियान अघि सारेसगै नगरका सामुदायिक विद्यालयको थप सुधारका साथै थारु समुदायलाई समेत उच्च शिक्षामा पु¥याउने लक्ष्य रहेको छ ।
कृष्णपुर नगरका मेयर हेमराज ओझाले थारु समुदायको बाहुल्य रहेको नगरका थारु समुदायका बालबालिकाहरुलाई पनि उच्च शिक्षामा पु¥याउनका लागि लबरु रानाथारु उच्च शिक्षा छात्रबृति कार्यक्रम ल्याएको बताए । मेयर ओझाका अनुसार पञ्चायतकालमा लबरु राना मन्त्रीमात्रै नभई समाजसेवी भएकाले उनले समाजमा गरेको योगदानका साथै नगरका ९वटै वडाका थारु समुदायका विद्यार्थीलाई आर्थिक अभावमा विचमै विद्यालय छाड्न बाध्य हुने व्यवस्था हटाउन उक्त कार्यक्रम ल्याएको बताए । अब कार्यबिधी बनाएर कार्यक्रम लागू गरिने बताए । मेयर ओझाले उक्त कार्यक्तम सहित अन्य आगामी आर्थिक बर्षका लागि बजेट सहित दर्जनौँ नयाँ कार्यक्रम ल्याएको बताए ।
कृष्णपुर स्वास्थ्य चौकीमा सर्प दंश उपचार केन्द्र स्थापना, २ र ५ वडा मोहना चोकमा कोल्ड स्टोर स्थापना, कृष्णपुर नगर पालिकाका स्थायी बासिन्दा ओलम्पियन दिपक बिष्टलाई सद्भावना दुत बनाइएको छ ।
७ नम्बर वडामा दक्षिण कोरिया सरकारको सहयोगमा प्रदेश स्तरको टेक्निकल इन्स्िटच्युट स्थापना गरिने, कृषि एम्बुलेन्सको ब्यवस्था गरिने, नगर पालिका मा ३ वटा रङ्शाला ठेक्का प्रकृया अगाडि बढाइने, सामुदायिक विद्यालयमा अग्रेजी माध्यममा पठन पाठन र दिवा तथा रात्रीकालिन छात्रावासको सचालन, १५ सैयाको नगर अस्पतालको ठेक्का प्रक्रिया अगाडी बढाइने, दमकल खरिद, शव बहानको ब्यवस्था गरिनेछ ।
मेयर ओझाले आगामी आर्थिक बर्षमा शिक्षादेखि भौतिक पूर्वाधार, समाजिक तर्फ नयाँ कार्यक्रम संचालन भएको बताए । मेयर ओझाका अनुसार १अर्ब, १करोड, ११लाख, ८२ हजार, बढीको बजेट ल्याएको छ । आन्तरिक स्रोत तर्फ ८करोड, वित्तिय समानिकरण संघीय तर्फ १५करोड, १९लाख, वित्तिय समानिकरण प्रदेश तर्फ १करोड, ४९लाख, १३हजार, राजस्व संघीय तर्फ १५करोड, ३०लाख, ९३ हजार, राजस्व बाडफाँड प्रदेश तर्फ ४७लाख, २१हजार, समाजिक सुरक्षा तर्फ २५ करोड, सशर्त अनुदान तर्फ १करोड, ९६लाख, ५५ हजार, समपुरक संघीय अनुदान ८३लाख, समपुरक प्रदेश तर्फ २करोड, १०लाख, विशेष अनुदान संघीय तर्फ ४करोड, ५५लाख र विशेष अनुदान प्रदेश तर्फ १करोड, ९६लाख, ५५ हजार गरी १अर्ब, १करोड, ११लाख, ८२ हजार, ४५१रुपैया बराबरको बजेट ल्याएको बताउँदै कार्यान्वयन गरेर नगर सम्बृद्धि बनाईने सकल्प अघि सारेको छ ।