इरानबाट ९ जना नेपाली स्वदेश फर्किए

होमपेज / समाचार /
इरानमा रहेका १६ जना नेपालीमध्ये अहिलेसम्म नौ जना स्वदेश फर्किए
  • रेडियो सुदूर सञ्चार
  • १३ असार २०८२ (१४ घण्टा अघि)
  • २२

इरानमा रहेका १६ जना नेपालीमध्ये अहिलेसम्म नौ जना स्वदेश फर्किएका छन् । इरानमा रहेको भारतीय दूतावासको सहयोगमा उनीहरु स्वदेश फर्किएका हुन् । परराष्ट्र मन्त्रालयले अहिलेसम्म नौ जना नेपाली स्वदेश फर्किसकेको जानकारी दिएको छ ।

शुरुमा ११ जना फर्काउने तयारी भए पनि एक जनाको कागजी प्रकिया नमिलेको र अर्कोको आन्तरिक काम भएकाले उतै रहेका मन्त्रालयका भनाइ छ । बाँकी पाँच जना नेपाली भने विभिन्न मुद्दाका कारण इरानको कारागारमा रहेका छन् ।

उनीहरुलाई पनि नेपाली दूतावास दोहामार्फत फर्काउन पहल भइरहेको मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार इजरायल र इरानबीच युद्धविराम भइसकेकाले दुवै देशमा रहेका नेपालीहरू सुरक्षित छन् । इजरायलमा झन्डै सात हजार नेपाली रहेको अनुमान छ ।

अन्तिम अध्यावधिक: १३ असार २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस