बुटवल–नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध

होमपेज / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • १५ असार २०८२ (१ दिन अघि)
  • २६१

बुटवल–

नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दुम्कीबास क्षेत्रको वैकल्पिक मार्गमा पर्ने खोलामा बाढी आएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोलामा मालवाहक गाडीका लागि सञ्चालन गरिएको डाइभर्सन र साना तथा यात्रुवाहक बसका लागि प्रयोग गरिएको वैकल्पिक भित्री सडकमा अहिले गाडी चल्न सकेका छैनन् । बाढी आएपछि समस्या भएको र अहिले यातायात पूर्णरूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिनुभयो ।

डाइभर्सन र वैकल्पिक मार्ग होङ्शी गेट, सर्दी हुँदै ज्यामिरे राजमार्गमा गाडी चलाउन रोकेको प्रहरी उपरीक्षक ढकालले बताउनुभयो । विनयी त्रिवेणी–३ खरङ्गे खोलामा पानीको बहाव बढेपछि वैकल्पिक मार्ग पनि पूर्णरूपमा अवरुद्ध भएको हो । वर्षासँगै पूर्व–पश्चिम राजमार्गअन्तर्गत विनयी खोलामा यात्रा असहज हुँदै आएको छ ।

अन्तिम अध्यावधिक: १५ असार २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस