आउँदो आर्थिक वर्ष २०८२र८३ देखि नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने भएको छ ।
अर्थ मन्त्रालयले आज सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानलाई परिपत्र गर्दै सामाजिक सुरक्षा प्रणाली लागू गर्ने व्यवस्था मिलाउन भनेको हो ।
योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू नगरेका कारण सिर्जना हुने दायित्व नेपाल सरकारले नबेहोर्ने जानकारी गराउन पनि अर्थ मन्त्रालयले अनुरोध गरेको छ ।
अहिले कर्मचारी, मजदूर तथा अन्य व्यक्तिहरूलाई सामाजिक सुरक्षा प्रदान गर्न ‘योजनामा आधारित सामाजिक सुरक्षा ऐन २०७४’ र सरकारी कर्मचारीका लागि ‘निवृत्तभरण कोष ऐन २०७५’ कार्यान्वयनमा छन् । यस अनुसार २०७५ सालदेखि योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गरिएको थियो ।