ट्रेण्डिङ

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले १५ गते विश्वासको मत लिने

होमपेज / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • १२ साउन २०८२ (४ हप्ता अघि)
  • १३०

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने भएका छन् । सोमबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री शाहले साउन १५ गते विश्वासको मत लिने निर्णय गरेको हो ।

सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहलाई विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको हो । मुख्यमन्त्री शाहका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले विश्वासको मत लिने तयारी रहेको जानकारी दिए । 

संसदीय दलको बैठकले साउन १५ गते बेलुकी ५ बजे बस्ने सुदूरपश्चिम प्रदेशसभा बैठकमा संसदीय दलका नेता मुख्यमन्त्री शाहको पक्षमा मतदान गर्न, अनिवार्य उपस्थित हुन ‘ह्वीप’ जारी गरेको छ । 

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा विश्वासको मतका लागि  २७ मत आवश्यक हुन्छ । सत्ता साझेदार कांग्रेसका १८ र नेकपा एमालेका ११ सांसद छन् ।

अन्तिम अध्यावधिक: १३ साउन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस