ध्वस्त कार्यालय पुनर्निर्माणमा प्रदेश सरकार सक्रिय

होमपेज / समाचार /
ध्वस्त कार्यालय पुनर्निर्माणमा प्रदेश सरकार सक्रिय
  • रेडियो सुदूर सञ्चार
  • ३ असोज २०८२ (४ महिना अघि)
  • २३९

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका कार्यालयबाट सेवा छिटो सञ्चालन गर्न पहल थालेको छ। भाद्र २३-२४ गते जेनजी आन्दोलनका क्रममा प्रदेश कार्यालयका भौतिक संरचनाहरू ध्वस्त हुँदा सेवाप्रवाह अवरुद्ध भएको थियो।

मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार कर्मचारी र विकास साझेदारसँग छलफल गरी कार्यालयको पुनर्निर्माण र संचालन गर्ने विषयमा निर्देशन दिएका छन्। उनले जनतालाई छिटो सेवा प्रवाह गर्नु सरकारको प्रमुख जिम्मेवारी भएकोमा जोड दिएका छन्।

यसअघि, मङ्गलबार मुख्यमन्त्री शाहले ध्वस्त २९ वटा कार्यालयहरूको निरीक्षण समेत गरेका थिए।

अन्तिम अध्यावधिक: ३ असोज २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस