बिहीबारदेखि शनिबारसम्म भारी वर्षा र हिमपातको सम्भावना

होमपेज / समाचार /
उच्च सतर्कता अपनाउन आग्रह
बिहीबारदेखि शनिबारसम्म भारी वर्षा र हिमपातको सम्भावना
  • रेडियो सुदूर सञ्चार
  • १३ कात्तिक २०८२ (३ महिना अघि)
  • ७७५

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन उच्च पहाडी तथा हिमाली भू-भागमा भारी हिमपातको सम्भावना रहेको जनाएको छ। 

महाशाखाले बुधबार साँझ जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार मंगलबार राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको थोरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ। 

यसैगरी, बिहीबार र शुक्रबार कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा अधिकांश बदली रही तराई भू-भागमा साधरणतया बदली रही एक-दुई स्थानमा भारी हिमपातको साथै कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।   

महाशाखाका अनुसार बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ मंगलबार राति भारतको आन्द्र प्रदेशमा प्रवेश गरी सकेको र तत्पश्चात् बिस्तारै कमजोर हुँदै उत्तर-उत्तर पश्चिम दिशामा सर्दै आएको छ। 

न्यूनचापीय क्षेत्रका रूपमा नेपालको मध्य भू-भाग नजिक आइ पूर्वतर्फ सर्दै बुधबार रातिदेखि कात्तिक १५ गते शनिबारसम्म नेपालको कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको मौसम प्रभावित हुने देखिएको महाशाखाले जनाएको छ ।

अन्तिम अध्यावधिक: १३ कात्तिक २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस